काठमाडौं, माघ १८।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरेका छन् । नेपाली कांग्रेस क्षेत्र नम्बर–२ ले सिन्धुपाल्चोकको मेलम्चीमा शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा पुनःस्थापन हुने विश्वास व्यक्त गरेका हुन् ।
वरिष्ठ नेता पौडेलले संविधान बचाएर संसद् पुनःस्थापन गरेर निर्वाचनमा जाने कांग्रेसको अडान रहेको बताए । ‘‘संविधान बचाएर, संसद् पुनःस्थापन गरेर चुनावमा जाने हो,’’ पौडेलले भने, ‘‘लोकतन्त्र, संविधान र राष्ट्र जोगाउने अभिभारा कांग्रेसको काँधमा आएको छ । कांग्रेस जे बोल्छ, त्यो गर्छ । कांग्रेसले संविधान बचाउँछ ।’’
उनले नेपाली कांग्रेसले संसद् विघटन असंवैधानिक ठहर गरेको भन्दै संसद् पुनःस्थापना नै कांग्रेसको गन्तव्य भएको बताए । हाल नेपाली काग्रेस के.पी ओलिद्धारा गरेको संसद बिघटनको बिरुद्ध २ धारमा बिभाजन भएको छ । पौडेल पक्ष संसद बिघटनको बिरुद्धको बिपक्षमा छन भने शेर बहादुर देउवा पक्षमा देखिएका छन खुलेर बिरोध गर्न सकेका छैन ।