बढुवा भएका डा.आशा सिंहलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्वारा दर्ज्यानी चिन्ह प्रदान

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  900 पटक हेरिएको

काठमाडौं, माघ ८ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषदको माघ ६ गतेको निर्णय अनुसार प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएका डा.आशा सिंहलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरीएको छ ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले पदोन्नती भएका अधिकृतलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतीका लागि अग्रसर हुनु पर्ने बताउनुभयो ।

नेपाल प्रहरी अस्पतालले प्रदान गर्ने सेवा, व्यवहार, भौतिक संरचना लगायतमा उल्लेख्य सकारात्मक परिवर्तन भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल सरकार तथा संगठनले लिएको लक्ष्य र प्राथमिकता कार्यान्वयन गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका थिए । अस्पताललाई थप सुविधा सम्पन्न बनाउँदै अस्पतालमा कार्यरत कर्मचारीहरुको क्षमता वृद्धिमा समेत संगठन सदैव क्रियाशिल रहेको बताउँदै व्यवसायिकता, कार्यप्रतिको निष्ठा र सामुहिक भावना सहित अघि बढेमा सफलता प्राप्त हुने विश्वास समेत व्यक्त गरेका थिए ।

उक्त अवसरमा पदोन्नती हुनुभएका प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले त्रुटी रहित ढंगले सुम्पिएको जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न आफू तल्लिन हुने प्रतिवद्धता व्यक्त गर्दै आफ्नो जिम्मेवारी पुरा गर्न लागि पर्ने बताईन । गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह र पेशागत क्षमतालाई अभिवृद्धि गर्न सरोकारवाला निकायहरुसँग समन्वय गर्ने उल्लेख गर्दै उहाँले नेपाल प्रहरी अस्पताललाई सबैको भरपर्दो साथीको रुपमा विकास गर्ने बताईन ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु लगायत अन्य प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार