इन्द्रजात्रा अमेरिकाको मेरिल्यान्डमा पनी कुमारीलाई रथमा राखी मनाईयो

प्रकाशित:  647 पटक हेरिएको

अमेरिका, सेप्टेम्बर १४ । अमेरिकाको मेरिल्यान्ड राज्यमा बसोबास गर्ने नेपालीहरूले पनी नेपालको प्रख्यात जात्रा इन्द्रजात्रा आयोजना गरी सम्पन्न गरेको छ । वल्ड नेवा अर्गनाईजेशन मेरिल्यान्डले इन्द्रजात्रा आयोजना गरेको ईनेपलिजले जनाएको छ । नेवार समुदाय मनाऊँदई आएको सांस्कृतिक पर्ब इन्द्रजात्रा रथमा कुमारी राखी मेरील्यान्ड राज्य परिक्रमा गरेको थियो ।

आठ दिनसम्म चल्ने इन्द्रजात्राका बेला कुमारीलाई रथमा राखेर काठमाण्डूका पुराना बस्तीहरूमा तीन दिन परिक्रमा गराइन्छ।
सोही जात्रा नेवारी समुदायका व्यक्ति र मेरिल्यान्ड भएका नेपालीहरूले पनी मनाएका हून ।

नेपाली लगायत अमेरिकन नागरिकहरुको पनी बाक्लो उपस्थिति रहेको उक्त रथयात्राले नेपाल सरकारले घोषणा गरेको पर्यटन बर्ष २०२० लाई प्रत्यक्ष टेवा पूर्याउने आयोजक कमिटिले जानकारी दिनुभयो । मेरिल्यान्ड राज्यमा आयोजित उक्त रथयात्राको भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोला ।

https://www.facebook.com/enepalese/videos/1455898951235449/

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार