जापान, माघ ७।

आज (जनवरी २१ तारिख) बाट जापानको १६ वटा प्रान्तमा अर्धआपतकाल लागु गरिएको छ । पछिल्लो समय जापानमा कोरोना संक्रमणको दर तिब्र रुपमा बृद्धि भएसँगै क्षेत्रले केन्द्र सरकारसँग आपतकालको माग गरेसँगै हाललाई अर्ध आपतकालको निति लिएको हो । यो संगै कोरोना संक्रमण अत्याधिक बढेका अन्य प्रान्तहरुले पनि अर्धआपतकालका लागि केन्द्र सकार समक्ष अनुरोध गरेको बुभिएको छ । यस अघि जनवरी ९ तारिखबाट अर्धआपतकाल कायम गरिएका प्रान्तहरु, ओकिनवा, यामागुची र हिरोशिमाका साथै आजबाट राजधानी टोकियो तथा चिवा, साईतामा, खानागावा, गुन्मा, निगाता, आईची, गिफु, मिए, खागावा, नागासाकी, कुमामोतो र मियाजाकीमा अर्धआपतकाल लागु भएको हो ।
यसका अलवा कोरोना संक्रमण नियन्त्रण बाहिर जान लागेको भन्दै,ओसाका, ह्योगो, क्योतो र सिजुओका प्रान्तले अर्धआपतकालका लागि आज केन्द्र सरकारलाई अनुरोध गर्ने तय गरेका छन् । त्यस्तै गरि होक्काईदो, फुकुओका, सागा र ओईता प्रान्तहरुले पनि अर्धआपतकाल लागु गराउनका लागि केन्द्र सरकार समक्ष अनुरोध गर्ने तयारी गरिरहेका छन् । अर्धआपतकाल कायम भएका स्थानहरुमा रेस्टुरेन्टरबारर क्लबर खाराओके लगायतका मानिसहरुको सामुहिक जमघट तथा खानरपिन हुने व्यवसायहरुको समय कटौती तथा ग्राहकहरुको संख्या घटाउने लगायतका नियमहरु लागु गरिएको छ ।
कोरोना रोकथाममा सरकारी अनुरोधलाई स्विकार गरि सहकार्य गर्ने त्यस्ता व्यवसायहरुलाई दैनिक ३० हजार देखि २ लाख येनसम्म आर्थिक राहत उपलब्ध गराईने पनि बताईएको छ । जापानको फुकुओका शहरमा बसोबास गर्ने नेपाली समुदायमा पनि कोरोना भाईरसको संक्रमण देखिएको छ । पछिल्लो समय देखिएको कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोन हेर्दा सामान्य देखिए पनि यसले मानब स्वास्थ्यमा तिब्र असर र छिटो फैलने देखिएको छ । सामान्य रुघाखोकी लागेका र घाँटी दुख्ने समस्या भएकामा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।



519 पटक हेरिएको 
















