जापानको फुकुओका सहित थप ७ प्रान्तमा प्रधानमन्त्रीद्धारा आपतकाल घोषणा, सहयोग गर्न आम जनतालाई अपिल

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  955 पटक हेरिएको

जापान, पौष २९।  

जापानमा पछिल्ला दिनहरुमा कोरोना संक्रमणको दर दिन प्रति दिन तिब्र गतिमा बढ्न थालेपछि जनजीवन थप कष्टकर बन्दै गईरहेको छ । जापानभर कोरोना संक्रमण बढेसँगै थप सात प्रान्तहरुमा पनि आज केन्द्र सरकारले आपतकाल घोषणा गरेको छ । यो संगै जापानमा पछिल्लो समय पुनः ११ क्षेत्रमा आपतकाल घोषणा भएको छ ।

जापानमा यसअघि टोकियो महानगरसहित, साईतामा, चिबा र खानागावा केनमा मात्र आपतकाल घोषणा गरिएको थियो भने आज क्षेत्रको अनुरोधमा ओसाका,क्योतो, ह्योगो, आईची, गिफु, फुकुओका र तोचिगी केनमा आपतकाल घोषणा गरेको हो । जनवरी १३ तारिख प्रधानमन्त्री योशिहिदे सुगाले आपतकालको औपचारिक घोषणा गरेका हुन । ओसाका सहित अन्य प्रान्त सरकारहरुले यस अघि नै आर्थिक पुनउत्थान मन्त्रीसंग भिडियो कन्फ्रेन्स गरी आपतकाल घोषणा गर्न केन्द्र सरकारलाई औपचारिक अनुरोध गरेका थिए ।

प्रधानमन्त्री सुगाले गम्भीर अवस्था सुधार गर्नका लागि यो एक अपरिहार्य उपाय हो भनेर बुझ्न अनुरोध गर्दै सबैसंग सहयोग गर्न आग्रह गरेका छन् । उनले ११ क्षेत्रका नागरिकहरूलाई आवतजावत रोक्न नीति पनि घोषणा गरेका छन् । हामीले गर्नुपर्ने सबै कुरा हामी गर्न चाहन्छौं, धेरै प्रतिबन्ध सहितको जीवनमा कठिन समय बिताउनु पर्दछ, तर हामीले यसलाई पार गर्नु पर्ने भन्दै जनताको सहयोगका लागि अनुरोध गरेका छन् । आपतकाल घोषणा भएसँगै उक्त क्षेत्रका जनजीवनमा प्रत्यक्ष असर पर्ने भएको छ भने शैक्षिक क्षेत्र आंशिक बन्द हुने छ । जापानमा हालसम्म कोरोना संक्रमित ३,०४,१२८ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार