• नेकपा माओवादी केन्द्रको पालिका अधिवेशन भोलि

    काठमाण्डौँ, मंसिर १० ।   नेकपा माओबादी केन्द्रको भोलि पालिकाहरुको एकसाथ अधिबेशन गर्ने भएको छ । यसअघि एकसाथ वडा अधिबेशन सकेको नेकपा माओबादी केन्द्रले पालिका सम्मेलन गर्न लागेको हो । राष्ट्रिय सम्मेलनपूर्व तल्ला गाँउ नगर सहितको तल्लो तह कमिटिका अधिवेशन गरिरहेको नेकपा ९माओवादी केन्द्र० ले यहाँका १० वटै स्थानीय तहमा...

  • आजबाट घट्यो विद्युत् महशुल, २० यूनिटसम्मका ग्राहकलाई ३० रुपैया शुल्क निर्धारण

    काठमाडौँ, कार्तिक ३१ ।  विद्युत् नियमन आयोगको गत कात्तिक १० गतेको निर्णयअनुसार आजबाट बिजुलीमा नयाँ महशुल लागू भएको छ । नेपाल विद्युत् प्राधिकरणले आजबाट नयाँ महशुल दरअनुसार बिलिङ गर्ने भएको छ । नयाँ व्यवस्थाअनुसार धेरैजसो उपभोक्ताको शुल्क घटाइएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत मासिक २० युनिटभन्दा कम व...

  • रौतहट कार दुर्घटनामा ज्यान गुमाउने भारतीय नागरिकहरूको सनाखत

    रौतहट, कार्तिक २८ ।   रौतहटको यमुनामाई गाउँपालिका ५ झुनखुनुवामा जीप दुर्घटनामा मृत्यु भएका चारैजनाको सनाखत भएको छ। मृतक सबै भारतीय नागरिक भएको खुलेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारतको बिहार पुर्विचम्पारणस्थित पताहि बेतौना घर भएका २५ वर्षीय दिनानाथ साह, ३० वर्षीय अरुण साह, २८ वर्षीय दिलिम महतो र २८ वर्षीय ...

  • आज छठ पर्वको बिशेष दिन पूजा आजा गरेर मनाउदै, सरकारद्वारा सार्वजनिक बिदाको घोषणा

    काठमंडौ, कार्तिक २४।  छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उ...

  • आजदेखि छठ पर्व सुरु, सूर्य देवको आरधाना गरि मनाइँदै नदि तालहरु झकिझकाउ रुपमा सझियो

    काठमाडौं, कार्तिक २२ ।   तराई मधेश तथा मिथिलाञ्चलको महत्वपूर्ण पर्व छठ आजबाट विधिवत रुपमा सुरु भएको छ । कात्तिक शुक्ल चौथीदेखि चार दिनसम्म मनाइने छठ पर्वलाई आस्था र विश्वासको पर्व मानिन्छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन्। पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’...

  • आज तिहारको बिषेश दिन भाई टिका, उत्तम साईत बिहान ११ः०२ जापानमा १०ः५१ मा उत्तम साईत

    काठमाडौं, कात्तिक २० ।   यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्...

  • सर्लाहीको सभालाई सम्बोधन गर्दै प्रचण्डले जसपालाई पार्टी एकता गर्न प्रस्ताव गरे

      काठमाडौं, कात्तिक, १३ ।    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीसँग एकताको प्रस्ताव गरेका छन् । शनिबार सर्लाहीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले छिटै पार्टी एकता गर्न प्रस्ताव गरेका हुन् । कार्यक्रममा आफूसँगै उपस्थित जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादव...

  • एमालेका करिब ६ हजार वडा कमिटीको अधिवेशन सम्पन्न, केही जिल्लामा भने बिबाद

    काठमाडौं, कार्तिक ६ ।  नेकपा (एमाले)ले शनिबार देशभरि एकैसाथ करिब ६ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिरा्का कारण केही जिल्लाबाहेक करिब ६ हजार वडा कमिटीको अधिवेशन शनिबार गर्न थालिएको जानकारी दिए । “करिब छ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्क...

  • नेपाल अपडेट : बाढीपहिरोबाट ७७ जनाको मृत्‍यु, २६ जना बेपत्ता भएको गृहको भनाई

    काठमाडौं, कात्तिक ३ ।   विगत चार दिनदेखिको परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ७७ पुगेको छ । बेपत्ता हुनेको संख्या २६ रहेको छ भने घाइते हुनेको संख्या २२ पुगेको छ । गृहमन्त्रालयका अनुसार पहिरोले सबैभन्दा बढी मानवीय क्षति पाँचथरमा पुर्‍याएको छ । पहिरोमा परी पाँचथरमा ...

  • जसपाले सरकारमा पठाउने ३ मन्त्री र १ राज्यमन्त्रीको नाम टुङगायो

    काठमाडौं, असोज २२ ।    सत्ता गठबन्धक पार्टी जनता समाजवादी पार्टीले मन्त्री बन्नेहरुको नाम टुंगो लगाएको छ । जसपाका तीन मुख्य नेता बसेर नाम टुंगो लगाएका हुन् । जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले बैठक बसी नाम छानेका हुन् । मन्त्री बन्नेमा एक महिला र तीन पुरु...