रौतहट कार दुर्घटनामा ज्यान गुमाउने भारतीय नागरिकहरूको सनाखत

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  56 पटक हेरिएको

रौतहट, कार्तिक २८ ।  

रौतहटको यमुनामाई गाउँपालिका ५ झुनखुनुवामा जीप दुर्घटनामा मृत्यु भएका चारैजनाको सनाखत भएको छ। मृतक सबै भारतीय नागरिक भएको खुलेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा भारतको बिहार पुर्विचम्पारणस्थित पताहि बेतौना घर भएका २५ वर्षीय दिनानाथ साह, ३० वर्षीय अरुण साह, २८ वर्षीय दिलिम महतो र २८ वर्षीय अमित महतो रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

युके १२ सी २९०० नम्बरको कार झुनखुनुवामा शनिबार राति करिब १० बजेतिर कार दुर्घटना भएको थियो । सडक किनारमा रहेको गहिरो पानी जमेको खाडलमा खसेको थियो। पानीमा डुबेको अवस्थामा जीपको सिसा फुटाएर चार जनालाई प्रहरीले निकालेको थियो ।

अस्पताल पुर्‍याउने वित्तिकै उनीहरुलाई मृत घोषणा गरेको हो। उनीहरु भारतको पताही बेतौना गाउँबाट देवाहि गोनाहि नगरपालिकामा रहेका आफन्तको घरमा छठपर्वको प्रसाद पुर्‍याएर फर्किदै गरेको खुलेको छ। अत्याधिक मदिरा सेवन गरी जीप चलाएको हुनसक्ने प्रहरीको अनुमान छ । सो बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार