आजदेखि छठ पर्व सुरु, सूर्य देवको आरधाना गरि मनाइँदै नदि तालहरु झकिझकाउ रुपमा सझियो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  608 पटक हेरिएको

काठमाडौं, कार्तिक २२ ।  

तराई मधेश तथा मिथिलाञ्चलको महत्वपूर्ण पर्व छठ आजबाट विधिवत रुपमा सुरु भएको छ । कात्तिक शुक्ल चौथीदेखि चार दिनसम्म मनाइने छठ पर्वलाई आस्था र विश्वासको पर्व मानिन्छ । सूर्य उपासनाको महापर्व छठका तयारीमा मिथिला क्षेत्रका जनजन परिचालित देखिँदा छन्। पर्वको प्रारम्भ व्रतालुले आज ‘नहाय–खाय’ विधिबाट गर्दैछन्। यसो त कात्तिक शुक्ल तृतीयाकै दिन व्रतालुले उसिनेको चामल, कोदो, मुसुरो, माछा मासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि आइतबार नै सुरु गरेका हुन्। निरामिष ९साविक० भोजन सुरु गरेर तृतीयाकै दिन व्रत विधि सुरु हुने पर्व परम्परा छ।

कात्तिक शुक्ल चौथी अर्थात आजको दिन ‘नहाय खाय’ गरी छठ व्रतालुहरूले घरआँगन चोख्याउने गर्दछन् । विगतमा मिथिला र तराईमधेसको मुख्य पर्व मानिने छठ पर्वको उत्साह हाल सबै जातजाति र समुदायसम्म विस्तार भएको छ । छठ प्रारम्भसँगै मिथिलाका धार्मिक महत्वका तलाउ र नदी परिसर बेहुलीझैँ सिङ्गारिएका छन्। पर्वमा महिलारपुरुष जसले व्रत गरे पनि हुने विधान (शास्त्रीय मत) भए पनि धेरैजसो घरको मुख्य महिलाले नै व्रत सङ्कल्प गर्ने गरेका देखिन्छ। पर्व सुरु भएको मानिने आज कात्तिक शुक्ल चौथीका दिन व्रतालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनितो खानेछन्। यो विधिलाई मिथिलामा ‘नहाय–खाय’ भन्ने गरिएको छ। पर्वले घरघरमा व्यस्तता बढाएको छ। पूजा सामग्रीको जोरजाम र व्यवस्थापनमा सबै केन्द्रित देखिँदा छन्।

अहिले काठमाडौं उपत्यकादेखि पहाडी जिल्लाहरुमा समेत छठ मनाउन थालिएको छ । परापूर्वकालदेखि नै प्रत्यक्ष देखिने र अनुभव गरिने सूर्य देवको आरधाना गरी समूहमा सद्भावका साथ यो पर्व मनाइने भएकाले यसलाई लोक व्यवहार र लोक पद्धतिको पर्वका रूपमा समेत लिने गरिएको छ । छठ पर्वमा सबै जातजाति मिलेर आवश्यक पूजा सामग्री तयार पारिने भएकाले यो सबैको पर्व हुन गएको छ ।

   

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार