समुदायस्तरमा कोरोना फैलिएको आशंकामा गोरखा नगरपालिकाका ५ वडा सिल

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  729 पटक हेरिएको

गोरखा, भदौ १५ ।  

गोरखा नगरपालिकाका ५ वटा वडा सोमबारदेखि सिल गरिएको छ। कोरोना संक्रमणको त्रास र संक्रमण बढ्दै गएको सन्दर्भमा समुदायस्तरमै कोरोना फैलिएको आशंकामा नगरपालिका कार्यालयसहित वडा नम्बर १०, ११, १२, १३ र १४ नम्बर वडा सिल गरिएको हो।

मेयर राजनराज पन्तले सूचना निकालेर अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र व्यापार व्यवसाय बन्द गर्न आग्रह गरेका छन्।

‘केहि वडामा समुदायस्तरमै कोरोना देखिएको र अझ बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै थप सावधानी अपनाउनुपर्ने देखिएको छ,’ उनले भने।

आइतबार १२ जनामा कोरोना पोजेटिभ देखिएको मेयर पन्तले उल्लेख गरेका छन्। कोरोनाबाट हालै वडा नम्बर १३ का एक युवाको मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार