कोभिड–१९ सम्बन्धित गित “कोरोनाको उपचार” सार्वजनिक, नायिका उप्रेतीको नागरिकलाई सचेत रहन आग्रह(भिडियो सहित)

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  2075 पटक हेरिएको

vision-online-advertise

काठमांडौ, चैत १२ ।

चीनको वुहानबाट फैलिएको नोबेल कोरोना भाईरस कोभिड–१९ ले बिश्वलाई चिन्तित तुल्याई रहेको अवस्थामा नेपाल पनि अछुतो हुन सकेन । हालसम्म २ जनामा नोबेल कोरोना भाईरसको संक्रमण देखिए पछि नेपाल नै लकडाउन गर्न पुगेका नेपाल सरकारलाई सहयोग र जनतामा कोरोना भाईरस बिरुद्ध सकारात्मक सन्देश दिने उद्देश्यले “कोरोनाले छोए मरिन्छ, रोगले छोए उपचार कुन ठाँउमा गरिन्छ” बोलको गित धिताल्स फिल्म मार्फत बजारमा ल्याएको छ । गायिका राधिका हमाल र भिम कुसारीको आवाजमा रहेको “कोरोनाले छोए मरिन्छ, रोगले छोए उपचार कुन ठाँउमा गरिन्छ” बोलको गित आज धिताल्स फिल्मको आधिकारीक युबट्युबबाट सार्वजनिक गरेको हो ।

कोरोना भाईरसबाट नेपाली नागरिक तथा दर्शक स्रोताको मन मस्तिष्कमा पर्न गएको नकारात्मक प्रभाबलाई न्युनिकरण गर्ने र नागरिकमा जनचेतना फैलाउने उद्देश्यले छोटो समयमा नै कारोना भाईरस सम्बन्धित बिल्कुलै नयाँ र फरक गीत “कोरोनाले मरिन्छ” युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । आज सार्वजनिक गरीएको उक्त गीतमा नेपाली चलचित्रका बहुचर्चित गायिका रेजिना उप्रेती र धिताल फिल्मका डाईरेक्टर होम धितालले अभिनय रहेको छ। भने, गीतमा लय र शब्द भिम कुसारीको रहेको छ।

बिश्व कोरोनाको सामु निरिह्य बनेको अबस्थालाई सरकारलाई सहयोग गर्न र सरकारप्रति बिश्वास राख्न अनुरोध गर्दै “कोरोनाले मरिन्छ चिन्ता नलिउ सरकार छ साथमा केहि उपाय गरिन्छ” भन्दै रेजिना उप्रेतीले नागरिकलाई सचेतना जगाउदै गरेको देख्न सकिन्छ । स्यानिटर, मास्कको प्रयोग र भिडभाडबाट टाढा रहन भन्दै जनतालाई सचेत गराईएको उक्त भिडियोलाई तल साभार गरिएको छ । “आफु पनि बचौ, अरुलाई पनि बचाऔँ, कोरोनाबाट बचौँ र सबैलाई बचाऔँ “।”

कोरोनाले छोए मरिन्छ, रोगले छोए उपचार कुन ठाँउमा गरिन्छ” भिडियो हेनुहोस ।

vision-online-advertise

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार