उत्तरी सिरियाको इदलिब प्रान्तमा रुसीको हवाई हमलामा परि ५० भन्दा बढी टर्की समर्थित लडाकुको मृत्यु

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  358 पटक हेरिएको

सिरिया, कात्तिक ११ ।  

उत्तरी सिरियाको इदलिब प्रान्तमा रुसी हवाई हमलामा ५० भन्दा बढी टर्की समर्थित लडाकुको मृत्यु भएको छ । अन्य धेरै घाइते भएका छन् । इदलिब शहरको उत्तरपश्चिममा अवस्थित हारेम भन्ने स्थानमा हवाई हमला भएपछि सो क्षेत्रमा हिंसा बढेको छ । फायलाक–अल–शाम नामक संगठनको प्रशिक्षण केन्द्रमा आक्रमण भएको हो ।

यो आक्रमणपछि इदलिबमा रुस र टर्कीको मध्यस्थतामा भएको युद्ध विराम खतरामा परेको बीबीसीले जनाएको छ । सिरियामा जारी गृहयुद्धमा रुस र टर्कीले विरोधी पक्षलाई समर्थन गरेका छन् । ब्रिटेनस्थित संगठन सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मृत्यु हुनेको संख्या ७८ सम्म पुगेको अनुमान छ । संगठनका अनुसार धेरै घाइतेहरुको अवस्था चिन्ताजनक छ ।

संगठनका अनुसार गत मार्च महिनामा युद्धविराम भएपछिको यो सबैभन्दा ठूलो आक्रमण हो । उक्त आक्रमण पछि त्यस क्षेत्रका स्थानियहरु अन्य क्षेत्रमा बिस्थापित भएको बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार