काठमाण्डौँ, फागुन २१ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता तथा झापा ५ बाट प्रतिनिधि सभा निर्वाचनका उम्मेद्धार समेत रहेका काठमाण्डौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह बालेन काठमाण्डौँमा आफ् क्षेत्रबाट निर्वाचनमा मतदान गरिसकेपछि झापा लागेका थिए । बालेन्द्र शाह हेलिकप्टर मार्फत झापा प्रस्थान गरेपनि निज चढेको हेलिकप्टरलाई काठमाण्डौँ नै फिर्ता पठाईएको जनाएको छ ।
झापाका लागि उडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाह चढेको हेलिकप्टर काठमाडौं फर्किएको छ। बालेन शाह झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार छन्। काठमाडौंको सिनामंगलमा बिहानै मतदान गरेपछि उनी झापा जान त्रिभुवन विमानस्थलबाट हेलिकप्टर चढेका थिए। हेलि एभरेष्टका प्रदीप गौतमका अनुसार हेलिकप्टर उडेर ५२ नटिकल माइल पर पुगेपछि फर्काइएको थियो। ५२ माइल टाढा पुगेपछि उहाँले काठमाडौं फर्कौं भन्नुभयो,ु गौतमले भने, ुत्यसपछि हेलिकप्टर फर्कियो।ु
उनले हेलिकप्टर फर्कनुका पछाडि प्राविधिक कारण नभएको बताए। शाहका निकट सहयोगी सुरेन्द्र बजगाईंले हेलिकप्टर चढ्ने अनुमति प्राप्त भए पनि सुरक्षाका कारण काठमाडौं फर्किएको बताए। हेलिकप्टर प्रयोग गर्ने अनुमति फागुन २० गते नै प्राप्त भएको थियो। अनुमति लिएर नै हेलिकप्टर प्रयोग गरिएको हो। तर सुरक्षा निकायले झापा नजान सुझाव दिएको उनले बताए। काठमाण्डौँ फर्कनुको कारण भने स्पष्ट जानकारी गराईएको छैन ।
राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता तथा झापा ५ बाट प्रतिनिधि सभा निर्वाचनका उम्मेद्धार समेत रहेका काठमाण्डौँ महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र शाह बालेन काठमाण्डौँमा आफ्नो क्षेत्रबाट निर्वाचनमा मतदान गरिसकेपछि झापा लागेका थिए । हाल झापा निर्वाचन क्षेत्र ५ राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा समेत हटसिटको रुपमा हेरिएको छ ।
हाल झापा क्षेत्र नम्बर ५ को निर्वाचन सुरक्षा ब्यबस्थालाई पनि कडा बनाईएको छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट नेकपा एमालेका अध्यक्ष के.पी शर्मा ओली र रास्वपाका बरिष्ठ नेता बालेन्द्र शाह पनि झापा क्षेत्र नम्बर ५ बाट नै प्रतिनिधि सभा सदस्यका रुपमा मात्र नभई देशकै भावी प्रधानमन्त्रिको रुपमा समेत दलबाट तोकेर नै निर्वाचनमा गएकोले पनि झापा क्षेत्र नम्बर ५ लाई बिशेष रुपमा हेरिएको छ । जेनजि आन्दोलन पछिको बदलिदो परिस्थितिका देशको आमुल परिवर्तनका लागि नयाँ ब्यबस्थाका साथै युवा ब्यबस्थाको शुरुवाती गर्नुपर्ने सोचका साथ मतदाताहरु निर्वाचन मतदानमा सहभागि भएको पनि देखिन्छ ।



81 पटक हेरिएको 
















