बानेश्वरमा आन्दोलनकारी र प्रहरी बिच झडप, डिएसपी घाईते

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  113 पटक हेरिएको

काठमाडौं, फागुन १८ ।

काठमाडौंको नयाँ बानेश्वरमा स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिद्धारा आयोजित प्रदर्शनमा झडप भएको छ । झडपमा परेर प्रहरी वृत्त सिंहदरबारका डीएसपी गंगा पौडेल घाइते भएका छन् ।

स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिको प्रदर्शनका क्रममा भडप हुँदा डीएसपी पौडेल घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले संचारकर्मीलाई जानकारी दिए । नीजकोे अनुसार डीएसपी पौडेलको टाउकोमा चोट लागेको छ । अहिले उनको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार