काठमांडौ, फागुन २४ ।
बिगत लामो समय देखि नेपाल सरकार निजामती सेवा प्राबिधिक इंजिनियरिंग पेशामा आबद्ध भई देश र जनताको सेवामा तल्लिन इंजिनियर हुन सूदिना कुईकेल । हाल नेपाल सरकारको राष्ट्रिय सतर्कता केन्द्रमा सिनियर डिभिजन इंजिनियरको रूपमा कार्यरत हुनुहुंछ । नेपाली समाज र समाज भित्र घटेका बीबीध घटनाक्रमलाई आफ्नो साहित्य कबिताको माध्यमबाट समाजको यथार्थ र बेथितिलाई चिर्दै आऊनु भएका इंजिनियर सुदिना कुईकेलले साहित्यमा पनि आफ्नो राम्रो उपस्थिति जनाऊदै आऊनु भएको छ ।
भिजन अनलाईन न्युजको साहित्य स्तम्भकार समेत रहनु भएकी उनै सि.डी.ई. सूदिना कुईकेलले प्रस्तुत गर्नुभएको कबिता नारी दिवसको पूर्बसन्ध्यामा शीर्षकको गजललाई हामिले तल प्रस्तुत गरेका छौ । नेपाली समाजमा नारीप्रतिको कुदृष्टि र त्यसबाट सृजित प्रताडित परिवेश अब सुन्न र देख्न नपरोस भन्दै समाजको यथार्थ भावलाई आफ्नो गजल कविता मार्फत प्रस्तुत गर्नु भएको छ । उक्त गजल पढेर तल कमेण्टबक्समा आफ्नो अमूल्य प्रतिक्रिया दिनुहोला ।
गजल शीर्षक :- अन्तर्राष्ट्रिय नारी दिवसकाे पूर्वसन्ध्यामा
महिला बिरुद्द महिलाले पाइला चालेको सुन्न नपरोस
एक माथि अर्को महिला, सौता हालेको सुन्न नपरोस ।
स्कुल क्याम्पस गएका चेली सकुशल घर फर्कन सकुन
नरपिचासको सिकार भै झाडिमा फालेको सुन्न नपरोस ।
ढुङ्गामा पनि भगवान देख्ने यो समाजले अब अाइन्दा
बोक्शी भन्दै निरिह नारी जिउदै बालेको सुन्न नपरोस ।
सक्षम बनुन छोरीहरु पनि उभिन सकुन खुट्टामा आफ्नो
दाईजो पेवाको निहु झिक्दै कुट्न थालेको सुन्न नपरोस ।
जननी हुन हुर्काउछिन सन्तान, आफ्नै छाती मझेरिमा
मन दुखाइ कुनै आमाले आसु खसालेको सुन्न नपरोस ।
सम्बन्धित गजल यो पनि पढ्नुहोस ।