नेपाललाई दिदै आएको आर्थिक सहयोग ठगी भएकोले आर्थिक सहायता रोकेको ट्रम्पको भनाई

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  205 पटक हेरिएको

काठमाडौं, फागुन ७ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई दिईदै आएका आर्थिक सहयोग रोक्नुको कारण बताएका छन । नेपालमा जैविक विविधता संरक्षण र वित्तीय संघीयताका लागि दिंदै आएको रकम रोक्नुका कारण खुलाएका हुन । उनले यी शीर्षकमा दिंदै आएको रकम ‘सम्बन्धित क्षेत्रमा नपुगेको र यो ठगी’ भएकाले सहयोग रोकेको अभिव्यक्ति दिएका छन् ।

दोस्रोपटक २० जनवरी २०२५ मा अमेरिकाको सत्ता सम्हालेका ट्रम्पले वैदेशिक अनुदान सहयोग स्थगित गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यसैक्रममा वित्तीय संघीयताका लागि दिने २० मिलियन अमेरिकी डलर र जैविक विविधता संरक्षणका लागि दिने १९ मिलियन डलरसहित ३९ मिलियन डलर (करिब ५ अर्ब ४३ करोड रुपैयाँ) रोकिएको छ । पुनः राष्ट्रपतिमा निर्वाचित भई सत्ता हातमा दिएसँगै बैदेशिक सहायता रोक्नुका साथै बिभिन्न अन्तराष्ट्रिय निकायमा कार्यरत कर्मचारीलाई समेत कामबाट बर्खास्त गरेका छन ।

ट्रम्पले यि सबै कार्य अमेरिकाको बिग्रदो अर्थतन्त्रलाई सुधार्नको लागि चालिएको कदम रहेको बताएका छन । ट्रम्प राष्ट्रपति भएसँगै बिभिन्न क्षेत्रमा दिदै आएको सैन्य सहायता पनि रोकेको छ । अमेरिकाले यस भन्दा अघि युक्रेनको लागि दिदै आएको सैन्य सहायता रोकेर शान्ति वार्ता मार्फत रुस युक्रेन युद्ध रोक्न दबाबका साथै प्रक्रिया समेत थालिसकेका छन । अमेरिका अब नाटो संगठनबाट समेत बाहिरिने सम्मको धम्कि दिईसकेको छ । ट्रम्पले नाटो सदस्य राष्ट्रहरुलाई सबै सहभागि राष्ट्रले नाटोलाई दिदै आएको बजेट बढाउनु पर्ने बताएका छन अन्यता अमेरिका नाटोबाट बाहिरिने जनाईसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार