काठमाडौं, भदौ ३ ।
हिजो साँझ निधन भएका राष्ट्रकवि माधव घिमिरेलाई राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा आज अन्त्यष्टी गरिएको छ । राष्ट्रकवि घिमिरेका छोराहरू राजीव र इन्डिवरले ११ बजेर ४८ मिनेट जाँदा उनको पार्थिव शरीरमा दागवत्ती दिए । घिमिरेकी कान्छी श्रीमती महाकाली पनि अन्त्येष्टिमा सहभागी भएकी थिइन् । घिमिरेलाई अन्तिम विदाइ गर्नका लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई आर्यघाट पुगेका थिए ।
त्यस अघि सरकारका तर्फबाट उप प्रधानमन्त्रि तथा रक्षामन्त्री ईश्वर पोखरेलले दिवाङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा आज उहाँको निवास लैनचौरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।
कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो । दागवत्ती दिनुअघि राष्ट्रिय सम्मानका लागि नेपाली सेनाको टुकडीले सलामी अपर्ण गरी अन्तिम श्रद्धान्जली दिएको थियो ।
अन्तिम श्रद्धान्जलीका थप फोटाहरु