हमासद्धारा थप ३ जना ईजरायली बन्दीको रिहाई

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  123 पटक हेरिएको

एजेन्सी, फल्गुन ४ ।

गाजास्थित ईस्लामिक लडाकु समुह हमास द्धारा थप ३ जना ईजरायली बन्दीहरुलाई शनिबार रेडक्रसको सहजीकरणमा रिहा गरेका छन । हमासले ३ जना बन्दीलाई रिहा गरेसँगै ईजरायल पनि बदलामा ३६९ प्यालेष्टाईनी बन्दीहरुलाई रिहा गरेका छन । हमास र ईजरायली सरकार बिच भएको शान्ती सम्झौता बमोजिम तत्काललाई युद्ध स्थगित गरि युद्धमा बन्दी बनाईएका ईजरायली नागरिकलाई रिहा गराउने तयारीका साथ बन्दी अदलीबदली गरेका हुन । यो हमास र ईजरायल बिच भएको छैटौँ चरणको बन्दी अदलीबदली हो ।

हमासका लडाकुले ईजरायलको दक्षिणी खान युनिक्स शहरबाट ईजरायली नागरीकसँगै बिदेशी नागरिकलाई समेत गुवा गरी लगेका थिए । जसको रिहाईको लागि ईजरायली सरकारले अल्टिमेटम समेत दिएको थियो । उक्त ईजरायली सरकारको अनुरोधलाई हमास लिडरहरुले अस्वीकार गरेसँगै गाजा युद्ध शुरु भएको थियो । उक्त युद्धमा हालसम्म दुबै तर्फ ठुलो मात्रामा सेना। हमास लडाकु र सर्वसाधारणको समेत निधन भएको थियो ।

हमास लडाकुद्धारा बन्दी बनाईएका ईजरायली लगायत बिभिन्न देशका नागरिकहरुलाई तत्काल रिहाई गर्न अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्देशन समेत दिएका थिए । तर हमास लडाकुले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको समयसिमालाई भने अबज्ञा गरेका छन । अमेरिकि राष्ट्रपतिले निश्चित समयसिमामा हमास लडाकुले बन्दीको रिहा नगरे गाँजामा पुनः रक्तपात हुने चेतावनी समेत दिएका थिए ।

सम्बन्धित समाचार यो पनि पढ्नुहोस् ।

हमास आक्रमणमा परि ज्यान गुमाएका मध्ये ५ जनाको शव इजरायलले नेपाली दूतावासलाई बुझायो , छिट्टै नेपाल पठाइने राजदुताबासको भनाई

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार