धनगढी, फागुन १३ ।
कैलालीमा भ्यानको ठक्करबाट बालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका(१ को लालरत्न अस्पताल अगाडि सोमबार सु.प.प्र ०१००१ च ३७४७ नम्बरको भ्यानको ठक्करबाट सोही ठाउँ बस्ने ६ वर्षीय बालक जेनिस विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्र सिंह बोहराले लम्कीचुहा नगरपालिका-५ की उर्मिला विष्टका ६ वर्षीय छोरा जेनिसको भ्यानको ठक्करबाट मृत्यु भएको बताएका हुन ।
उनकाअनुसार पश्चिमबाट पूर्वतर्फ पैदल हिंडिरहेका बेला भ्यानले ठक्कर दिंदा घाइते भएका विष्टको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो । भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भ्यान चालक अछामको मंगलसेन नगरपालिका-४ बस्ने २३ वर्षीय भोजराज केसी रहेको पनि प्रहरीले जानकारी दिएका हुन ।