मेलम्चीको मुख्य पाईप फुट्दा बबरमहल जलमग्न, पाईप फुट्नुमा बिद्युत प्राधिकरण जिम्मेवार रहेको केयुकेएलको भनाई

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  143 पटक हेरिएको

काठमाडौं, माघ ३०।

काठमाडौं उपत्यका स्थित बबरमहल बन कार्यालय नजिक मेलम्ची खानेपानीको मुख्य पाईपलाईन फुटेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अधिकारीका अनुसार बबरमहल क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्नुमा नेपाल विद्युत् प्राधिकरण जिम्मेवार रहेको आरोप लगाएको छ ।

आफूहरुसँग सहकार्य नगरी तार भूमिगत गर्नेक्रममा मेलम्चीको पाइपमा क्षति पुगेको केयूकेएलका अधिकारीहरुको दाबी गरेको छ । ‘पाइप फुट्नुमा थर्डपाटी जिम्मेवार छ,’ केयूकेएलका प्रवक्ता प्रकाश राईले संचारकर्मीसँग भने, ‘त्यो क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले तार भूमिगतको काम गरिरहेको छ । त्यहीबेला पाइपमा क्षति पुगेको प्रारम्भिक अनुमान छ ।’

आज दिउँसो बबरमहलको वन परिसर अगाडिको सडक छेउँमा मेलम्चीको पाइप फुटेको र उक्त पाईप ६०० एमएम (करिब दुई फिट डायमिटर)को रहेको केयुकेएल जनाएको छ । बाढीजसरी पानी बग्दा बबरमहल क्षेत्रका सरकारी कार्यालयहरु डुबानमा परेका छन् । सो क्षेत्रमा वन परिसरका साथै विशेष अदालत, काठमाडौं जिल्ला अदालत ९दोस्रो भवन० लगायतका कार्यालय परिसर जलमग्न भएका छन् ।

पानी अनियन्त्रित भएर बग्दा अदालतका पेशी स्थगित गर्नुपरेको थियो भने सरकारी कार्यालयका कामकाज पनि प्रभावित भएको थियो । हालभने पाईपलाईनको गेटभल्भ बन्द गरेर पाइपमा पुगेको क्षति मूल्यांकन गर्ने र मर्मतको काम अघि बढाउने योजना रहेको जनाएको छ । मर्मत पूरा नभइन्जेल बबरमहल क्षेत्रमा मेलम्चीको पानी आपूर्ति बन्द हुने प्रवक्ता राईले जानकारी दिए । केयूकेएलका त्रिपुरेश्वर शाखा प्रमुख सुमन बस्नेतका अनुसार विद्युत् प्राधिकरणकै कारणले क्षति पुगेकाले उसैले मर्मत गर्नुपर्ने समेत जिकिर गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार