सुर्खेतबाट कर्णालिका ३ जिल्लामा तारा एयरको नियमित उडान बन्द

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  136 पटक हेरिएको

सुर्खेत, फागुन, २५ ।

तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जनाएको छ ।

कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ डिसेम्बर ४ मा उद्घाटन गरेको हवाई सेवा अहिले बन्द भएको हो । हिमाली टुर एण्ड ट्राभल्सले तारा एयरमार्फत तीन जिल्लाको उडान भर्दै आएको थियो । ट्राभल्सले कर्णाली प्रदेश सरकारबाट सहयोग नपाएको र हरेक उडानमा नोक्सान भएको कारण देखाउदै उडान बन्द गर्नुपरेको जनाएको छ ।

ट्राभल्सका कर्मचारीले अहिले तीन जिल्लामा सातामा दुई पटक नियमित उडान भर्ने सहमतिअनुसार काम सुरु गरिए पनि प्रदेश सरकारबाट आवश्यक सहयोग प्राप्त नभएपछि हवाई सेवा बन्द भएको बताए । सुर्खेतमा हवाई सेवा बन्द भएपछि कर्णालीका हिमाली जिल्लामा आवतजावत गर्न पुनःबाँकेको नेपालगञ्ज विमानस्थलको प्रयोग गर्नुपर्ने अवस्था आएको छ । बाँकेबाट तारा, समिट र गोमा एयरले हुम्ला, जुम्ला, मुगु र डोल्पामा उडान भर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार