अमेरिका भ्रमणमा रहेका मोदि र ट्रम्पबिच भेटवार्ता, रुस युक्रेन बिचको शान्तिवार्ता अपरिहार्य रहेको भनाई

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  102 पटक हेरिएको

अमेरिका फाल्गुन २ ।

अमेरिका भ्रमणमा रहेका भारतिय प्रधानमन्त्रि नरेन्द्र दामोदर मोदीले अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटका क्रममा दुई देश बिचको सम्बन्ध सुद्धिढि र बिश्वमा देखिएका द्धन्द र राजनितिक अस्थिरतालाई समाधान गर्न मिलेर काम गर्ने प्रतिबद्धता गरेको छ । अमेरिकाले भारत लगायतका अन्य देशमा हुने पाकिस्तानी आतंककारी गतिबिधि रोक्नका लागि संयुक्त अभियान शुरु गर्ने पनि जनाएको छ । पाकिस्तानबाट हुने बिभिन्न आतंककारी गतिबिधि नरोके पाकिस्तान बिरुद्ध चौथर्फि नाकाबन्दी लगाउने सम्मको चेतावनी दिएका छन । पाकिस्तान बिश्वका लागि खतरा रहेकोले पाकिस्तान भित्र रहेर बिश्वका बिभिन्न देशहरुमाथि आतंककारी हमला गरी क्षति पुर्याउने आईएसआई लगायतका अन्तराष्ट्रिय आतंककारीहरु जुन अमेरिका जस्तो शक्तिशाली राष्ट्र भित्र समेत ९/११ जस्ता हमला गरेर मानब जीवनमाथि खेलवाड गर्ने समुहलाई निश्तेज पार्ने समेत जनाए ।

पाकिस्तानले आतंककारीलाई संरक्षण गरे बिश्व समुदायबाट नै एक्लिने बताएका हुन । नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प नयाँ राष्ट्रपतिमा निर्वाचित भई कार्यभार सम्हालेसँगै बिश्व राजनितिमा उथलपुथल हुने देखिएको छ । ट्रम्पले अमेरिकालाई चुनौति दिने सबै देशमा नाकाबन्दी गर्ने चेतावनी समेत दिईसकेका छन । नाटो देशलाई समेत चुनौती दिदै आएका ट्रम्पले क्यानडालाई समेत एक अमेरिकी राज्य बनाउने अभिब्यक्ति दिएसँगै नाटोसमेत शसंङ्कित बनेका हुन । चुनाबि अभियानमा समेत आफु निर्वाचित भए रुस र युक्रेन बिचको युद्ध तत्काल रोक्ने बताएका राष्ट्रपति ट्रम्पले शुरुमा नै युक्रेनलाई दिदै आएको सैने सहायता रोकेर युक्रेन र नाटोलाई समेत चकित पारेका थिए । राष्ट्रपति ट्रम्पले युक्रेनलाई दिदै आएको सैने सहायता रोकेसँगै नाटो देशहरु ट्रम्पको रबैया प्रति असन्तुष्टि समेत जनाएका थिए भने अमेरिका बिना पनि युक्रेनलाई आवश्यक सैने सहायता निन्तर राख्ने जनाएको थियो ।

पछिल्लो समय अमेरिकि राष्ट्रपति ट्रम्प र रुसका राष्ट्रपति भ्लामिदिर पुटिनबिच बिभिन्न चरणमा फोन वार्ता भएको र रुसका राष्ट्रपति युक्रेन युद्ध रोकेर शान्तिवार्ताका लागि तयार रहेको समेत स्पष्ट जनाईसकेको छ । अहिले भने अमेरिकाको अग्रसरमा दुई देश बिच शान्ति वार्ता गराई रुसको माग बमोजिम नै सम्झौता गराउने अमेरिका र रुसको तयारी रहेको छ । रुस र अमेरिका बिच भित्रभित्रै युक्रेनलाई बाध्यात्मक तबरबाट सम्झौता गराउने थाहा भएसँगै युक्रेनका राष्ट्रपति भने रुसको कुर्स छाड्नको लागि रुसले क्रिमियाबाट आफ्ना सेना हटाउनु पर्ने माग राख्न थालेको जनाएको छ तर यो सम्भब नभएको राजनितिक बिश्लेषकहरुले बताउदै आएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार