भिजन एजुकेशन कन्सल्टेन्सीले नयाँ ब्यबस्थापन सहित जापान एसएसडब्लु र कामदार भिषामा जाने बिद्यार्थीहरुको लागि बिषेश छुट सहित नयाँ कक्षाहरु संचालनमा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  439 पटक हेरिएको

काठमाण्डौँ, माघ २५ ।

भिजन ग्रुप अन्तर्गत रहेको भिजन एजुकेशन कन्सल्टेन्सीले नयाँ ब्यबस्थापन सहित जापान एसएसडब्लु र कामदार भिषामा जाने बिद्यार्थीहरुको लागि बिषेश छुट सहित नयाँ कक्षाहरु संचालनमा ल्याएको छ । भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सलटेन्सी प्रा.लि. बिगत २ वर्षदेखि काठमाण्डौँको सोह्रख्ट्टे स्थित नयाँबजार–१६, काठमाण्डौँ र धादिङ्ग जिल्ला अन्तर्गत निलकण्ठ नगरपालिका स्थित धादिङ्गबेशी बिचबजारबाट निरन्तर नेपाली बिद्यार्थी भाईबहिनिहरुलाई मध्यनजर गर्दै सेवा दिदै आईरहेको छ । काठमाण्डौँको नयाँबजार स्थित सोह्रखुट्टे केन्द्रिय कार्यालय रहेको भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सी प्रा.लि. ले हाल जापान, अष्ट्रेलिया, क्यानडा, युके र अमेरिका लगायतका युरोपियन देशहरुमा उच्च शिक्षा अध्ययन गर्न जाने नेपाली बिद्यार्थीहरुलाई लक्षित गरि जापानिज भाषा कक्षा, आईईएलटिएस(IELTS), पिटिई(PTE) र कम्प्युटरका कक्षाहरु संचालन गर्दै आईरहेको छ ।

हाल भने जापान सरकारले कामदारको कमीका कारण बिदेशबाट कामदारको पुर्ति गर्ने निर्णय गरेसँगै भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीले पनि जापान सरकारको मापदण्ड अनुरुप एसएसडब्लु भिषा (SSW Visa) र ब्याचलर पास गरेका बिद्यार्थीहरुको लागि कामदार भिषा (Working Visa)मा जापान पठाउने तयारी शुरु गरीसकेको छ । बिगत ९ वर्षदेखि जापान बसेर यसै क्षेत्रमा काम गरेका भिजनका म्यानेजिङ्ग डाईरेक्टर सन्तमान शाक्य जापानमा यस सम्बन्धि राम्रो सम्बन्ध स्थापना गरी नेपाल फर्किएका हुन । नेपाल फर्कनु अगाडी जापानका प्रतिष्ठित होटल, रेष्टुरेष्ट, खाईगो (Care Home) लगायतका कम्पनीहरुसँग भिजनमा अध्ययन गरेका बिद्यार्थीहरुलाई एसएसडब्लु(SSW) र कामदार भिषा (Working Visa)मा जापान लैजाने गरी सम्झौता गरीएको समेत डाईरेक्टर शाक्यले भिजन अनलाईन न्युजलाई बताउनु भयो । हाल जापान जानको लागि चर्को शुल्क लिने, जापानका कम्पनीहरुको डकुमेण्टहरुको दुरुपयोग गरी नेपालबाट कामदार भिषामा जापान पठाई जापानमा नेपालीहरुको अलपत्र पार्ने जस्ता घटनाहरु दिनप्रति दिन संचार माध्यमहरुमा आईरहेको खण्डमा भिजनका संचालक तथा डाईरेक्टर सन्तमान शाक्यले भने यि र यस्ता समस्यामा पर्न नदिन जापानमा एउटा आधार तयार पारि नेपाल फर्किएका हुन । शुरुवाती चरणमा उत्कृष्ट नतिजा निकाल्न सफल भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सि पछिल्लो केहि समय देखि बिषय शिक्षकको अभावले जापनिज र कम्प्युटर कक्षाहरु भने प्रभावित हुन पुगेको थियो ।

भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सिका संचालक तथा म्यानेजिङ्ग डाईरेक्टर बिगत लामो समय देखि जापान बस्दै जापानमा नै अध्ययन सम्पन्न गरी बिभिन्न प्रतिष्ठित कम्पनीहरुमा काम गर्दै आएका सन्तमान शाक्य कन्सल्टेन्सीमा जापनिज र कम्प्युटर अध्यापन गराउने शिक्षक कै कमिका कारण हालसालै नेपाल फर्किएका हुन । जापान शुरुवाती चरणदेखि नै नेपाली समुदाय माझ रहि नेपाली समुदाय, नेपाल र नेपालीहरुको हकहित, सुरक्षा र सहयोगी भूमिकामा अग्र स्थानमा रहेर काम गर्दै आएका भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका संचालक समेत रहेका सन्तमान शाक्य जापानमा रहि नेपाल आदिवासी जनजाती महासंघ, क्युशु क्षेत्रिय कार्यसमितिका २०२३/२०२५ का वर्तमान अध्यक्ष समेत हुनुहुन्छ ।

जापानको फुकुओका शहरलाई कर्मथलो बनाई नेपाली समुदायको सेवामा सक्रिय सहभागिता सहित सहयोग गर्दै आउनुभएको एक परिचित नाम हो सन्तमान शाक्य । हाल भिजनका संचालक शाक्य जापान स्थित एनआरएनए जापानका प्रेस सल्लाहकार समितिका सदस्य समेत रहेका निज एनआरएनएको अभियानमा पनि बिगत २०१८ देखि सकिय रुपमा लागिरहेका छन । भिजन क्लासिक ईन्टरनेशनल एजुकेशन कन्सल्टेन्सीका संचालक तथा म्यनेजिङ्ग डाईरेक्टर सन्तमान शाक्य बिश्व समुदायबिच फैलिएको एनआरएनए अभियान र पत्रकारितामा समेत सक्रिय रहेका कारण जापान मात्र नभई अन्य देशमा रहेका एनआरएनए अभियान्ता तथा गैरआवासीयहरुसँग घनिष्ट सम्बन्ध स्थापना गर्न सफल ब्यक्तित्व समेत हुनुहुन्छ ।

जापान जानको लागि भिजन नै किन ?

  • जापानमा लामो समय बिभिन्न क्षेत्रमा रहि काम गरेको अनुभब रहेको ।

  • जापानमा रहेको नेपाली समुदाय बिच रहि नेपाल र नेपालीको सक्रिय रुपमा सामाजिक गतिबिधिमा संलग्न रहि सहयोग गरेको ।

  • जापानी भाषा बिद्यालय, कलेज तथा युनिभर्सिटिहरुसँग राम्रो सम्बन्ध रहेको ।

  • जापानिज कम्पनीहरुसँग राम्रो सम्बन्ध स्थापना गरी बिभिन्न क्षेत्रमा काम गर्ने गरी आधिकारीक सम्झौता गरीएको ।

  • जापान सरकार,लगायत अष्ट्रेलिया, क्यानडा, युके र अमेरिका सरकारद्धारा जारी ऐन कानुन सम्बन्धि बिषेश ज्ञान भएको र भाबि दिनमा जापान लगायत अन्य देशमा उच्च शिक्षा लिन जाने बिद्यार्थीहरुलाई आबश्यक शैक्षिक परामर्शमा दक्षता हासिल गरेको ।

  • नेपाल सरकारका केन्द्रिय मन्त्रालय संघिय मामिला तथा स्थानिय बिकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र जापानिज निकायमा रहि लामो समय काम गरेको अनुभब रहेको ।

  • बिषय बिज्ञ शिक्षकहरुबाट पठनपाठन गरिने ।

  • हप्ता महिनामा क्लास टेष्ट लिईने र अन्तवार्ताको लागि बिषेश क्लासको ब्यबस्था गरिएको ।

  • बिदेश गईसकेपछि पनि आबश्यक सहयोग र सल्लाह सुझाब निरन्तर दिईने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार