जापान, मंसिर २८ ।

नेपाल आदिबासी जनजाती महासंघ, क्युस्यु क्षेत्रिय कार्यसमिति फुकुओका, जापानको चौथो महाधिबेशन यहि डिसेम्बर महिनाको २४ तारिक आईतबार गर्ने भएको छ । क्युस्यु क्षेत्रिय कार्यसमितिको ९ तारिक बसेको कार्यसमितिको बैठकबाट डिसेम्बर महिनाको २४ तारिक आईतबार मिनोसिमा फ़्यामिलीमार्टको हलमा दिउसो १:०० बजेबाट गर्ने निर्णय गरेको अध्यक्ष रोशन कुमार राई ज्युले जानकारी गराउनुभयो ।
संस्थाको अध्यक्ष रोशन कुमार राईको अध्यक्षतामा बसेको कार्यसमितिको मिटिङ्गबाट यहि डिसेम्बर महिनाको २४ तारिक आईतबार गर्ने गरि नेपाल आदिबासी जनजाती महासंघ, क्युस्यु क्षेत्रिय कार्यसमितिका सल्लाहकार तथा गैर आवासीय नेपाली संघ जापानका पूर्व उपाध्यक्ष रामकृष्ण श्रेष्ठ ज्युको अध्यक्षतामा ३ सदस्यीय महाधिबेशन निर्वाचन कार्यसमिति गठन गरेको छ । उक्त निर्वाचन कार्यसमितिको निर्वाचन अधिकृतमा रामकृष्ण श्रेष्ठ, सदस्यहरुमा भीम बहादुर गुरुंग र आशीष योंजन रहेका छन ।
नेपाल आदिबासी जनजाती महासंघ, क्युस्यु क्षेत्रिय कार्यसमितिको चौथो अधिबेशन सब्य भब्य र बिधिसम्वत रुपमा सम्पन्न गर्नको लागि निर्वाचन कार्यविधिको पुर्ण पालना गरि अधिबेशन गर्ने तयारी गरिएको संस्थाका सचिब सन्तमान शाक्यले जानकारी गराउनु भयो ।उम्मेद्धारी शुल्क भने निर्वाचन कार्यबिधिमा निर्धारण भएको शुल्कलाई नै कायम गर्ने जानकारी गराउनु भयो ।
नेपाल आदिबासी जनजाती महासंघको चौथो महाधिबेशनले सक्षम नेतृत्व चयन गर्ने समेत अध्यक्षरोशन कुमार राईले बिश्वास ब्यक्त गर्नुभयो । आगामी महाधिबेशनबाट क्युस्यु क्षेत्रमा बसोबास गर्ने सम्पुर्ण जनजातीहरुको प्रतिनिधित्व समानता र समानुपातिकताको आधारमा नयाँ कार्यसमिति चयन हुने पनि बताउनु भयो । निर्वाचन सम्बन्धि अन्य जानकारी निर्वाचन कार्यसमितिले निर्धारण गर्ने र उक्त जानकारी पछि प्रेस बिज्ञप्ति मार्फत जानकारी दिने समेत जानकारी गराउनु भयो ।



467 पटक हेरिएको 

















