सामाजिक संचालमा आफुबिरुद्ध गलत प्रचार भएपछि फेसबुक पेज बिरुद्ध आँचलले दिए साईबर ब्युरोमा उजुरी

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  413 पटक हेरिएको

काठमाडौं, असार २३ ।  

नायिका आँचल शर्माले आफ्नो चरित्रमा आँच आउने गरी सामाजिक संजालमा सामग्री पोस्ट गर्ने दुई फेसबुक पेज विरुद्ध प्रहरी कार्यालय साईबर ब्युरोमा उजुरी दिएकी छन् । आफ्नो बिना अनुमति फोटोसहित गलत सामग्री लेख्ने दुई फेसबुक पेजविरुद्ध उनले साइबर ब्यूरोमा शनिबार उजुरी दिएकी हुन् ।

नायिका शर्माले हालैको एक अन्तर्वार्तामा दयाहाङ राईबारे बोलेको भन्दै यी फेसबुक पेजले भ्रामक सामग्री पोस्ट गरेका थिए । सामाजिक सञ्जालमा गलत कमेन्ट बढ्न थालेपछि आँचलले भ्रमपूर्ण समाचार लेखी पोस्ट गर्ने व्यक्ति पहिचान गरी कानून बमोजिम हदैसम्मको कारबाही माग गर्दै साईबर ब्युरोमा उजुरी दिएकी हुन ।

नायिका आँचल शर्माले निवेदनसँगै उक्त फेसबुकमा पोस्ट भएका भिडिओ, अडियो, तस्वीर, अक्षर स्क्रिनशट सहित साईबर ब्युरोमा पेश गरेकी बताईएको छ । यता नायक दयाहाङ राईले पनि एक फेसबुक पोस्ट लेख्दै आँचलले आफ्नाबारे कतै पनि गलत बोलेको नसुनेकाले भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न अनुरोध गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा लेखेका छन् अभिनेत्री आँचल शर्माले ‘दयाहाङ राईलाई त्यस्ले मात्र मन पराउँछ जो अशिक्षित र मूर्ख छ’ भन्दै अन्तर्वार्ता दिएको भन्दै सामाजिक सञ्जालमा राखिएको पोस्टमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

आँचलले अहिलेसम्म मेरो बारेमा कतै पनि त्यस्तो बोलेको मैले सुनेको छैन । एउटा कलाकारले गर्दै नगरेको कुरा गर्यो भन्नु र बुझ्दै नबुझी गाली गर्नु दुवै चेतनशील मान्छेले गर्ने कर्म होइनन् । त्यसैले सत्य तथ्य नबुझी आँचल वा जोसुकै कलाकारलाई पनि गाली गलौज नगर्न र त्यस्ता भ्रमपूर्ण सामाग्रीहरू प्रसार नगर्नु हुन सबैमा आग्रह गर्दछु भनेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार