संसदमा बजेटमाथि पहिलो पटक निर्वाचन, आ.ब.२०८०/०८१ को बजेट बहुमतले पारित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  298 पटक हेरिएको

काठमाडौं, असार, १३ ।  

प्रतिनिधिसभामा बजेटमाथि पहिलो पटक मतदान भएको छ । बहुमतको सरकार भएपनी प्रतिनिधि सभा सदस्यको मागलाई सम्बोधन गर्दै बुधबार आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयक पारित गर्न मतदान गरिएको हो । नेकपा एमालेले मत विभाजन माग गरेपछि भएको मतदानमा विनियोजन विधेयकको पक्षमा १४७ मत पर्‍यो । जुन प्रतिनिधिसभाको बहुमत हो ।

संसद सचिवालयका पूर्वसचिव सोमबहादुर थापाले नेपालको इतिहासमा विनियोनन विधेयकमाथि मतदानको यो पहिलो घटना भएको बताए । अनलाइनखबरसँगको कुराकानीमा उनले भने, ‘नेपालको इतिहासमा विनियोजन विधेयकमाथि मतदान भएको नजिर दर्ज भएको छ ।’

बुधबार प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये २५५ जना मतदानमा सहभागी भएका थिए । तीमध्ये १०८ जनाले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार