मनाङ, वैशाख ३० ।

आज सम्पन्न स्थानीय निकायको मतगणना शुरू भएको छ । केहि जिल्लामा सामान्य झगडा बाहेक प्रायःजसो स्थानमा सफलताका साथ निर्वाचन सम्पन्न भएको छ । यस्तै आज सम्पन्न निर्वाचनमा मनाङको प्रारम्भिक मतगणना सार्वजनिक भएको छ । मनाङको चामे गाउँपालिका कूल ५ वटा वडामध्ये २ वटा वडाको गनिसक्दा अध्यक्षमा एमाले उम्मेदवारले अग्रता लिएका छन् ।
अध्यक्षमा एमालेका लोकेन्द्रबहादुर घलेले १५२ उपाध्यक्षमा आशकुमारी गुरुङले १२९ मत पाएका छन् । नेपाली कांग्रेस अध्यक्ष उम्मेदावर छिरिङ ध्वर्जे लामाले १३० र उपाध्यक्ष उम्मेदवार मिङमार ढोमा लामाले १५४ मत पाएका छन् । ५ वडा रहेको चामेमा जम्मा ७११ जना मतदाता छन् । चार वटा पालिका रहेको मनाङमा ८ बजेदेखि मतगणना कार्य थालिएको प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले जानकारी दिए ।



753 पटक हेरिएको 
















