कानूनमन्त्रीमा नेकपा समाजबादीका गोबिन्द प्रसाद शर्मा नियुक्त, राष्ट्रपति कार्यालयमा सपत ग्रहण सम्पन्न

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  665 पटक हेरिएको

काठमाडौ, चैत्र २४ । 

नवनियुक्त कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइराला (बन्दी) ले पदभार ग्रहण गरेका छन्। आज राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्री बन्दीलाई सपथ खुवाएसँगै उनले पदभार ग्रहण गरेका हुन्।

प्रधानमन्त्री देउवाले आज कानूनमन्त्रीमा बन्दीलाई नियुक्त गरेका थिए। उनी सांसद छैनन्, वरिष्ठ अधिवक्ता हुन्। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालनिकट बन्दीले पछिल्लो समय एमसिसी परियोजना पारित गर्दा १२ बुँदे व्याख्यात्मक घोषणा तयार पार्न महत्वपूर्ण भूमिका खेलेका थिए।

त्यसअघि पनि उनले अहिलेको सरकार बन्ने बेलामा कानूनी परामर्शमा महत्वपूर्ण भूमिका खेलेका  थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार