एनआरएनए जापानको पुनःनिर्वाचन नभएसम्म २०१९-०२१ कार्यसमिति नै सक्रिय हुने का.बा.अध्यक्ष अनिताको भनाई(प्रेस बिज्ञप्ति सहित)

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  784 पटक हेरिएको

जापान, पुस ९ ।

गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद जापानको २०२१-२०२३ कार्यसमितिको लागि भएको निर्वाचनलाई लिएर पुनः बहस शुरू भएको छ । तत्कालीन कार्यसमितिका कार्यबाहक अध्यक्ष समेत रहेका तथा २०२१-०२३ कार्यकालको अध्यक्ष पदको उम्मेद्वार समेत रहनु भएकी अनिता गुरुङ लगायत तत्कालीन कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको हस्तक्षरिक प्रेस विज्ञप्ति सार्वजनिक भएको छ । गैर आवासीय नेपाली संघ जापानको आसन्न निर्वाचनमा भएको एमआइएस सिस्टम दुरुपयोगको बिषयलाई लिएर भएको बिरोध र त्यसको समाधान नभएसम्म २०१९-०२१ कार्यसमितिलाई नै निरन्तरता दिने कार्यबाहक अध्यक्ष अनिता गुरुङले बताउनु भयो । एनआरएनए जापानमा भएको निर्वाचन धादलिको निष्पक्ष छानबीन गरी पुन निर्वाचनको माग गर्दै आएका छन ।

२०२१-०२३ कार्यसमितिमा भएको निर्वाचन धादलीको छानबीन समिति गठन गरी प्रतिवेदन समेत सार्वजनिक भईसकेको अबस्था छ र उक्त प्रतिवेदनले एनआरएनए जापानको निर्वाचनमा एमआइएस सिस्टमको दुरुपयोग भएको, एउटै आइपि एड्रेसबाट एकै जनाले मताधिकारको दुरूपयोग गरी मत हालेको, आइडी र पासपोर्ट दुरुपयोग भएको भनि छानबिन रिपोर्ट सार्वजनिक गरी सम्बन्धित निकायमा बुझाईसकेको र हालसम्म पनि त्यसको समाधानको लागि आइसीसीले समेत चासो नदीएकोले तत्कालीन कार्यसमितिलाई नै अर्को निष्पक्ष निर्वाचनसम्म निरन्तरता दिईने बताएका हुन ।

आज एक विज्ञप्ति निकाल्दई उक्त जानकारी दिएको हो । प्रेस विज्ञप्ति जारी गर्दै तत्कालीन कार्यसमितिका कार्यवाहक अध्यक्ष अनिता गुरुङ लगायतले अहिलेको परिवेश बुझन र गलत कुराको बिरोध गरी पुन निर्वाचनसम्म २०१९-२०२१ कार्यसमिति पुन सक्रिय हुने जापानबासि नेपाली दाजुभाई दीदीबहिनी लगायत सम्पूर्ण जापानबासि नेपालीहरूलाई जानकारी गराउदई अपिल गर्नुभएको छ ।

प्रेस बिज्ञप्ति 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार