नुवाकोट, मंसिर १७ ।

नेपाल कम्युनिस्ट पाटि माओवादी केन्द्र सुर्यगढी गाउँपालिका नुवाकोटको दोस्रो सम्मेलन सम्पन्न भएको छ। सम्मेलन बाट इमान सिह तामाङ बिशाल अध्यक्ष चयन भएका छन। हिजो सम्पन्न अधिवेशनबाटईमान सिंह तामाङको अध्यक्षतामा नया कार्यसमिति गठन गरीएको हो ।
उक्त भेलाबाट उपाध्यक्षमा गुरु प्रसाद अधिकारी ,कृष्णमान तामाङ ,हरिकृष्ण भट्टराई सचिवमा पुरुषोतम अधिकारी सहसचिवमा कुमार राई कोषाध्यक्षमा बुद्व लक्ष्मी पाखि्न गरि ५५ सदस्यीय गाउँपालिका कमिटी गठन भएको छ।
बागमती प्रदेस प्रतिनिधिमा सुवास तामाङ, बिना कुमारी उप्रेती लाई चयन गरेको छ। सम्मेलनमा प्रमुख अतिथिको रूपमा माननीय शिक्षा राज्यमन्त्री बोदमाया यादव ,विषेश अतिथि बिमला सुवेदी,हिरानाथ खतिवडा, पुस्प लामिछाने , विवेक अधिकारीको उपस्थिति रहेको थियो ।
कार्यक्रमका केही तस्वीरहरू





705 पटक हेरिएको 
















