जापान, कार्तिक २६ ।

पछिल्लो समय जापानमा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको छ । लगभग १ लाखको हाराहारीमा नेपाली समुदायको उपस्थिति रहेको नेपाली समुदायले जापानमा अध्ययन, ब्यबसाय लगायतका बिभिन्न क्षेत्रमा काम गर्दै आईरहेको छ । टोक्यो पछिको बाक्लो नेपालीहरुको उपस्थिति रहेको फुकुओका शहरमा अहिले लगभग १० हजारको हाराहारीमा नेपाली समुदायको उपस्थिति रहेको छ । जापानको फुकुओका शहरमा बसोबास गर्ने नेपालीहरुले आफ्नो भाषा धर्म तथा संस्कृतिको जापानिज समुदायमा पनि चिनाउन बिभिन्न कार्यक्रमहरु संचालन गर्दैै आईरहेको छ ।

जापानको फुकुओकामा नेपालीहरुको बसोबास बढ्दै गइरहेको छ। विशेषगरी योसिजुका नेपालीहरुको जमघट हुने विशेष स्थानको रुपमा रहेको छ । उक्त स्थानमा सार्वजनिक शिब मन्दिर निर्माण सम्पन्न भएको छ । नेपालीहरुको बसोबास धेरै भएको स्थानमा मन्दिर निर्माण हुनु खुसीको कुरा हो । यसले नेपालीहरुको संस्कृति जोगाउनुको साथै हिन्दु संकृतिको जगेर्ना गर्न सकिने विश्वास लिइएको छ ।
जापानको फुकुओका शहरमा नेपालको प्रतिनिधित्व गर्दै शिव मन्दिर निर्माण तथा गणेश मूर्तिको प्रतिस्थापन गरिएको हो । फुकुओकाको हाकाता नगर भित्र अवस्थित योशिजुकुको स्योतेनगागाई बजार क्षेत्रभित्र शिव मन्दिर निर्माण गरिएको हो । उक्त मन्दिर संगै १३ सय किलो तौल र १ सय ५८ सेन्टिमीटर अग्लो गणेशको मुर्ती पनि प्रतिस्थापन गरिएको छ ।
आजियान स्योतेनगाई नाम राखी एशियन मुलुकका विभिन्न पसलहरु सहित संचालनमा रहेको उक्त बजारमा चिन, म्यानमार लगायतका मुलुकहरुको पसल तथा ति मुलुक झल्काउने विभिन्न सम्पदाहरु पहिले देखि राखिएको भएतापनि नेपालको भने प्रतिनिधित्व नदेखेपछि व्यवसायी तथा एनआरएनए आईसिसी सदस्य लक्ष्मण बानिँयाको पहल र सम्पूर्ण लागत आफैले व्यहोरेर बानियाँले त्यहाँ सो मन्दिर निर्माण तथा मुर्ती प्रतिस्थापन कार्य गरिएको लक्ष्मण बानियाले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो । नेपाल र नेपालको संस्कृति चिनाउन शिव मन्दिर तथा गणेश मुर्ती राख्ने प्रस्ताव गरेँ र सोहि अनुसार मन्दिर निर्माण तथा मुर्ती प्रतिस्थापन गरीएको बानियाँले बताउनु भयो ।

सम्बन्धित समाचार यो पनि पढ़नुहोला ।



1140 पटक हेरिएको 
















