जापान, असार १२ ।
पछिल्लो समय जापानमा नेपाली समुदायको बाक्लो उपस्थिति रहेको छ । लगभग १ लाखको हाराहारीमा नेपाली समुदायको उपस्थिति रहेको नेपाली समुदायले जापानमा अध्ययन, ब्यबसाय लगायतका बिभिन्न क्षेत्रमा काम गर्दै आईरहेको छ । टोक्यो पछिको बाक्लो नेपालीहरुको उपस्थिति रहेको फुकुओका शहरमा अहिले लगभग १० हजारको हाराहारीमा नेपाली समुदायको उपस्थिति रहेको छ । जापानको फुकुओका शहरमा बसोबास गर्ने नेपालीहरुले आफ्नो भाषा धर्म तथा संस्कृतिको जापानिज समुदायमा पनि चिनाउन बिभिन्न कार्यक्रमहरु संचालन गर्दैै आईरहेको छ ।
जापानको फुकुओकामा नेपालीहरुको बसोबास बढ्दै गइरहेको छ। विशेषगरी योसिजुका नेपालीहरुको जमघट हुने विशेष स्थानको रुपमा रहेको छ । उक्त स्थानमा सार्वजनिक शिवि मन्दिर निर्माण भइरहेको छ । नेपालीहरुको बसोबास धेरै भएको स्थानमा मन्दिर निर्माण हुनु खुसीको कुरा हो । यसले नेपालीहरुको संस्कृति जोगाउनुको साथै हिन्दु संकृतिको जगेर्ना गर्न सकिने विश्वास लिइएको छ ।
उक्त शिव मन्दिर फुकुओकाका व्यवसायी, एनआरएनए जापानका उपाध्यक्ष लक्ष्मण बानियाँको एकल लगानीमा निर्माण भैरहेको छ । नेपालीहरु जमघट गरी आफ्नो संकृतिअनुसार विवाह, व्रतबन्ध, अन्य धार्मिक कार्य गर्ने सार्वजनिक धार्मिकस्थल नभएकोले शिव मन्दिर निर्माण थालिएको बानियाँले बताए । साथै उनले मदिर निर्माण सेप्टेम्बरसम्म सम्पन्न हुने बताए । उनका अनुसार लगभग ५ फित उचाई भएको शिव र गणेशको मूर्ति इन्डियामा तयार भइरहेको छ । उक्त मुक्ति निर्माण सम्पन्न भईसकेपछि बिशेष पुजाआजा गरी उद्घाटन गर्ने तयारी रहेको समेत लक्ष्मण बाँनियाले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो ।