
काठमाडौं, भदौ ९ ।

नेकपा एमालेबाट अलग भएका माधव कुमार नेपाल समुहका नेताहरुले गठन गरेको पार्टी नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले दलको मान्यता दिएको छ । एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएको हो ।
नेकपा एमालेले आफूले कारबाही गरेका प्रतिनिधिसभाका १४ सांसद र कर्णालीका प्रकाश ज्वालामध्ये १० जना केन्द्रीय सदस्य भएको र उनीहरुको सनाखत गर्न नहुने र नगर्न अनुरोध गर्दै ओली समूहको नेकपा एमालेले भनेर निवेदन दिएको थियो । आयोगमा यसबारे पनि छलफल भएको थियो । नयाँ दल दर्ताका लागि ५५ जनाको सनाखत भएको र १० जनालाई घटाउँदा पनि अध्यादेशअनुसार दल दर्ता हुने देखिएको आयोगको निर्णय छ ।
यस्तै ३० जना संघीय संसदले नेकपा एकीकृत समाजवादी रोजेको नेता पाण्डेले जानकारी दिए । अब प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय दिइनेछ । २३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलापछि पुनर्स्थापित एमालेमा माधवकुमार नेपाल समूहले लगातार समानान्तर गतिविधि गर्दै आएको थियो ।
निर्बाचन आयोगद्वारा प्रदान गरीएको दल दर्ताको प्रमाणपत्र





440 पटक हेरिएको 
















