जापान सरकारको आगामी आ.ब.को बजेट तयार, सामाजिक सुरक्षामा उच्च बजेट

जापान सरकारको आ.ब.२०२०/०२१ को बजेट

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  691 पटक हेरिएको

जापान, पौष ३ ।

जापान सरकारले आगामी आर्थिक वर्षको बजेटको मस्यौदा संसदमा पेश गरेका छन । जापान सरकारले आगामी बर्षको लागि अनुमानित ९ खर्ब ३८ अरब अमेरिकन डलर वा जापनिज १०२० ट्रिलियन येन बराबरको बजेट पेश गरेको छ । जापान सरकारको अहिलेसम्म कै उच्च बजेट रहेको छ । जापानमा बढ्दै गएको बृद्ध जनसंख्यालाई ध्यानमा राखी सामाजिक सुरक्षामा मात्र अधिक मात्रामा बजेट बिनियोजन गर्ने तयारीमा जापानको आबे सरकार रहेको छ ।

जापान सरकारले संसदमा पेश गर्न लागेको कुल बजेटको ३५८ ट्रिलियन जापनिज येन रकम सामाजिक सुरक्षामा राखिएको छ जुन अहिले सम्म कै उच्च हो । जापानमा बढ्दै गएको बृद्धबृद्धाको संख्या र त्यसबाट पर्ने भारलाई अनुमान गरी सो रकम बढाएको जापनिज समाचार संस्थाले जनाएको छ । तर यो बजेट नै अन्तिम नहुन सक्छ । शुक्रबार अन्य शिर्षकमा पनि बजेट थप गरी पेश गर्न सक्ने र बजेटको आकडा बढ्न सक्ने अनुमान लगाइएको छ ।

सामाजिक सुरक्षामा छुट्याईएको बजेट भने जापानमा बढ्दै गईरहेको बृद्धबृद्धाको उपचार, चिकित्सा क्षेत्र र अन्य सामाजिक लागतमा खर्च गर्ने जनाईएको छ ।

जापान सरकारले आगामी बजेटमा पूर्व प्राथमिक शिक्षा र पिछडिएर रहेका क्षेत्र र त्यहाँका बालबालिकाको लागि अनिवार्य निशुल्क शिक्षा प्रदान गर्नको लागि पनि बजेट बिनियोजन गरेको छ । न्युन आयस्रोत रहेका नागरीकका छोराछोरीलाई उच्च शिक्षासम्मको पढाई निशुल्क गर्ने उद्देश्यका साथ बजेट निर्माण गरीएको जनाईएको छ ।

जापान सरकारले बिभिन्न क्षेत्रमा दक्ष जनशक्ति निर्माण तथा उत्पादन गर्न र देशमा आउने बिपद ब्यबस्थापनको लागि मात्र १८ खर्ब जापनिज येन बजेट बिनियोजन गर्ने भएको छ । उक्त रकम देशमा आईपर्ने बिपद ब्यबस्थापनको आबश्यक तयारी र आबश्यक संरचना निर्माणको लागि खर्च गर्ने पनि बताएको छ ।

जापान एक प्रविधि सम्पन्न देश हो तर पनि जापान सरकारले यसलाई अझ मजबुद र नयाँ नयाँ प्रबिधिको बिकासको लागि पनि बजेट बिनियोजन गरेको छ । जापानको कृषि र चिकित्सा क्षेत्रको लागि अपनाउन लागिएको लोकल ५ जी प्रणली बिकास र कार्यान्वयनको लागि लगभग ३ अरब ६० करोड येन बजेट बिनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार