अध्यादेश फिर्ताबारे छलफल नै नगरि मन्त्रिपरिषद् बैठक सकियो, मन्त्रिहरु मौन

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  443 पटक हेरिएको

काठमाडौँ, पुस २ । 

 

बिहिवार साझ बसेको मन्त्रीपरिषद् बैठकमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ताबारे छलफल नै भएन । सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकले सरकारको सिफारिसमा राष्ट्रपतिले मंगलबार जारी गरेको अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

तर बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा उक्त बिषयमा केही छलफल भएन । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ताबारे मन्त्रिपरिषद् बैठकमा केही जानकारी नदिएको बैठकमा सहभागी एक मन्त्रीले बताएका छन् । यसअघि पनि मन्त्रिपरिषद् बैठकमा छलफल नै नगरी अध्यादेश जारी गरिएकोमा फिर्ताबारे पनि केही छलफल नभएको स्रोत बताउछ ।

प्रधानमन्त्री स्थायी कमिटी बैठकमा नै अध्यादेश फिर्ता लिने भनिसकेकाले मन्त्रिपरिषद्मा छलफल नभएको बताईएकोछ । आजको मन्त्रिपरिषद् बैठकमा विभिन्न मन्त्रालयहरूका नियमित एजेन्डाहरू बाहेकका विषयमा केही पनि छलफल र निर्णय नभएको सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले बताएका छन् ।

स्रोतका अनुसार राजनीतिक परिस्थितबारे प्रधानमन्त्रीले मन्त्रीहरुलाई केही पनि ब्रिफिङ गरेनन् । प्रधानमन्त्रीले मुख्यसचिवलाई मन्त्रिपरिषद्का निर्णयमा अध्यादेश खारेजीको निर्णय भएको माइन्यूट गराउने सम्भावना रहेको स्रोत बताउछ ।

जारी अध्यादेश फिर्ता लिने प्रधानमन्त्री ओलीले बुधबारको नेकपा स्थायी कमिटी बैठकमा जनाएका थिए । तर, बिहीबार पुन परिषदको बैठक बोलाईएपछि कार्यकारी अध्यक्ष पुस्पकमल दाहालले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटि आपत्ति जनाएपछि परिषदको बैठक स्थगित भएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार