गैर आवासीय नेपाली संघ कतारद्वारा कोभिड- १९ रिलाइफ फण्डमा ९ लाख रकम जम्मा

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  103 पटक हेरिएको

कतार, मंसिर २९ ।

गैर आवासीय नेपाली संघ कतारले कोभिड- १९ रिलाइफ फण्डमा ९ लाख रुपैयाँ जम्मा गरेको जनाएको छ । कतारले कोरोना महामारीको यस विषम परिस्थितमा विपतमा परेका नेपाली नागरिकहरुलाई सहयोग गर्ने उद्देश्यले गैर आवासीय नेपाली संघद्वारा स्थापित रिलाइफ फण्डमा ९ लाख नेपाली रुपैयाँ जम्मा गरेको संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।

कोरोना सबैका लागि चुनौतीपूर्ण रहेको बताउँदै उनले कतारमा रहेका नेपालीहरुप्रति कतार सरकार , कतार च्यारिटी, रेडक्रेसेंट अन्य निकायले पुर्‍याएको सहयोग र सद्भावप्रति आभार प्रकट गरे ।

संघले कोरोना संक्रमण सुरु भएदेखि हालसम्म ७ हजार ९ सय ६३ जना कोरोना प्रभावित नेपाली कामदारहरुलाई राहत वितरण गरेको उनले बताए । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले श्रमजीबी नेपालीहरूलाई लक्षित गर्दै बिभिन्न कार्यक्रमहरू गर्दै आईरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार