धादिङ, मंसिर २६ ।
आज मङ्सिर २६ गते धादिङ अस्पतालको ४४औं बार्षिक उत्सब माननीय बाग्मति प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल ज्यु को प्रमुख आतिथ्यतामा सप्पन्न भएको छ । कार्यक्रममा स्वास्थ्य क्षेत्रमा सरकारले ठुलो लगानी गरीरहेको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले बताउनु भएको छ । नागरिकहरुको स्वास्थ्य प्रति सरकार गम्भिर भएको भन्दै उहाँले धादिङ अस्पताल धादिङको विकासको लागि आफु प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका जम्कट्टेलले बागमती प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा धेरै राम्रो काम गरीरहेको बताउनुभयो । मुख्य मन्त्री स्वास्थ्य कार्यक्रम, एक विद्यालय एक नर्स लगायतको काम प्रदेश सरकारले सन्चालन गरेको भन्दै उहाँले आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा बागमती प्रदेशले विभिन्न कार्यक्रम सन्चालन गर्ने बताउनुभयो ।
धादिङ प्रादेशिक अस्पतालले एक बर्षमा गरेको बर्ष भरी भएको प्रगति विवरण मेडिकल सुपरिटेन्डेन्ट डा. त्रिभुवनचन्द झाले प्रस्त्तुत गर्नु भएको थियो। धादिङ जिल्लाको एक मात्र प्रादेशिक अस्पताल धादिङ अस्पतालले ४४औं बार्षिक उत्सब मनाउदई गर्दा गत आ . ब. २०६७/७७ मा धादिङ अस्पतालबाट ४४ हजार बिरामीले सेवा लिएको जानकारी पनि उक्त कार्यक्रममा गराएको थियो ।भिजन अनलाईन न्युजको भिजन संवाद कार्यक्रममा बोल्दै धादिङ अस्पतालको ४४औं वार्षिक उत्सवको बारेमा जानकारी गराउनु भएको थियो । भिजन संवाद कार्यक्रममा बोल्दै उक्त कार्यक्रमका अबसरमा अस्पताललाई सहयोग गर्ने संघ सस्था लाई , अस्पतालको सेवामा उत्कृष्ट काम गर्ने कर्मचारी र सेवा निबृत कर्मचारीहरुलाइ सम्मान तथा प्रशम्सा पत्र प्रदान गरिएको पनि जानकारी गराउनु भयो ।
उक्त ४४औं वार्षिक उत्सव कार्यक्रम अस्पतालको अध्यक्ष महेन्द्र धमलाको अध्यक्षतामा सम्पन्न भएको थियो। हाल धादिङ अस्पतालले आकस्मिक सेवा, प्रसूतिसेवा, मुटुरोग सम्बन्धि सेवा र पछिल्लो समय महामारीको रूपमा फैलिएको कोरोना भाईरसको बिरामीलाई आइसोलेशनमा राखेर उपचार भईरहेको पनि जानकारी गराउनु भयो ।