राम लिम्बू बने ‘द भ्वाईस अफ नेपाल’ सिजन २ को बिजेता

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1100 पटक हेरिएको

काठमाडौं, मंसिर २१ ।

नेपालको चर्चित सांगितिक रियालिटी ‘सो द भ्वाईस अफ नेपाल’ को विजेता राम लिम्बु भएका छन्। टीम प्रमोदमा रहेका उनले भोटिङका आधारमा दी भ्वाइस अफ नेपालको दोस्रो सिजन जितेका हुन्।

चार प्रतिस्पर्धी मध्येबाट उनले भोटिंगको आधारमा द भ्वाईस अफ नेपालको टाईटल जित्न सफल भएका हुन्। काठमाडौंको चुच्चेपाटीमा आज राति आयोजना गरिएको फिनालेले नयाँ भ्वाइस अफ नेपाल चयन गरेको हो।

उनले १० लाख नगद, ड्याट्सन गाडी, म्युजिक एल्बमको कन्ट्र्याक्टसमेत हासिल गरेका छन्। उक्त कार्यक्रमको फिनाले लाइभ भने हिमालयन टेलिभिजनले गरेको थियो। हिमालयन टेलिभिजनबाट प्रसारण हुदै आएको द भ्वाईस अफ नेपालको आज अन्तिम दिन जनताको भोटिंगको आधारमा बिजेता छान्दै आज समापन भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार