नम्रता श्रेष्ठले जितिन् ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधि

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  120 पटक हेरिएको


काठमाडौँ , मंसिर २० ।  

कोरोना महामारीका वावजुत पनि सिमित मानिसहरुको उपस्थितीमा आयोजित ‘मिस नेपाल वर्ल्ड २०२०’को उपाधी नम्रता श्रेष्ठले जितेकी छिन् । यो बर्षको ‘मिस नेपाल वर्ल्ड’मा २० जना प्रतिस्पर्धी सहभागी थिए । देशभरबाट आएका २ सय भन्दा बढी आवेदनबाट छानिएका २० जना प्रतिस्पर्धीहरुविचको कडा प्रतिस्पर्धा काठमाण्डौको बूढानीलकण्ठमा रहेको पार्क भिलेज रिसोर्टमा आयोजना गरिएको थियो ।

कार्यक्रमको प्रमुख निर्णायक मिखा माथेमाले सोधेको–‘कल्पना गर्नुहोस् तपाई एउटा सानो ढुंगा हो । जो पोखरीमा पर्दा सुन्दर तरंग फैलिन्छ । तपाई नेपाली महिलाको जीवनमा परिवर्तनकारी तरंग कसरी फैलाउन चाहनुहुन्छ ?’ भन्ने प्रश्नमा उत्कृष्ट जवाफ दिँदै नम्रताले ताज जितेकी हुन् । नम्रताले यो प्रश्नको जवाफमा आफ्नी आमालाई सम्झिएकी थिइन् । नेपाली महिला सशक्त हुने उल्लेख गर्दै उनले नेपाली महिलाहरु सकारात्मक सोचले अगाडि बढ्ने गरेको र यसैको आधारमा संसारलाई जित्न सकिने बताएकी थिइन् ।

यसैगरी, ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को ताज सिमल कनौजियाले पाएकी छन् भने सन्ध्या शर्माले ‘मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरिहेकी छन्। त्यस्तै,‘मिस नेपाल अर्थ २०२०’ को उपाधि सुप्रिया श्रेष्ठले पाएकी छन्। श्रेष्ठ किन्डर गार्डेन टिचर हुन्।



तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार