गैर आवासीय नेपाली संघ, एसिया प्यासिफिक युवा कमिटिद्धारा सामाजिक अभियान्ता सपना रोका मगरलाई नगर र प्रमाणपत्र सहित सम्मान प्रदान

प्रकाशित:  685 पटक हेरिएको

काठमाण्डौँ, मंसिर २० ।  

आज गैर आवासीय नेपाली संघ एसिया प्यासिफिक युवा कमिटिद्धारा पहिलो एसिया प्यासिफिक युवा सम्मेलनको आयोजना गरिरहेको छ । उक्त कार्यक्रम एसिया प्यासिफिक युवा कमिटिका संयोजक दिपक कंडेलको अध्यक्षतामा भईरहेको छ । उक्त कार्यक्रममा बोल्दै आजको कार्यक्रम प्रमुखत राष्ट्रको लागि युवाको भुमिका र आजको आबश्यकता नै रहेकोले यो कार्यक्रम महत्वपुर्ण रहेको समेत जनाएको छ । उक्त कार्यक्रममा बोल्दै गैर आवासिय नेपाली संघका अग्रजहरुले एसिया प्यासिफिकको काम अन्य क्षेत्रको भन्दा महत्वपुर्ण र आजको आवश्यकता प्रति मध्यनजर गर्दै युवा उत्प्रेरित कार्यक्रम गर्दै आईरहेको र भावी दिनमा पनि एसिया प्यासिफिक कमिटिले यस्ता कार्यक्रमलाई निरन्तर दिने समेत जनाए ।

यस्तै उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधव ढ्ङ्गेलले पनि गैर आवासीय नेपाली संघका गतिबिधि सम्मानजनक रहेको र आजको बिषेशत युवा लक्षितकार्यक्रम आयोजना गरेकोमा धन्यबाद समेत दिएको थियो । उक्त कार्यक्रममा बिबिसिको १०० महिलाको सुचिमा पर्न सफल नेपालका महिला सपना घर्तिमगरलाई १ लाख रासिको पुरस्कार सहित सम्मान समेत गरेको छ । आजको उक्त एसिया प्यासिफिक युवा सम्मेलनको प्रत्यक्ष प्रसारण भिजन अनलाईन न्युज, एनआरएनएको अफिसियल फेसबुक पेजबाट समेत प्रत्यक्ष प्रसारण गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार