नेपाली महिला क्रिकेट टिम ग्लोबल छनोटमा पुग्न असफल, युएईसँग ४८ रनले पराजित

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  392 पटक हेरिएको

काठमाडौं, मंसिर १२ ।  

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टिम युएईसंग ४८ रनले पराजित भएको छ । युएईसँगको पराजित भएपछि नेपाली टोलि ग्लोबल छनोटमा पुग्न असफल भएको छ । ६ टोली सम्मिलित प्रतियोगितामा सबै ५ खेल जित्दै घरेलु टोली युएई १० अंक जोडेर विजेता बन्दै ग्लोबल क्वालिफायरमा छनोट भएको छ । ग्लोबल क्वालिफायरमा पुग्ने लक्ष्य राखेको नेपाल हङकङ र युएईसँग पराजित भएपछि लक्ष्य अधुरै रह्यो ।

हङकङसँग भएको पहिलो खेल गुमाएको नेपालले भुटान, कुवेत र मलेसियालाई सहजै पराजित गरे पनि आइतबार निर्णायक खेलमा युएईसंग पराजित हुन पुग्यो । ग्लोबल क्वालिफायर पुग्न नेपालले युएईविरुद्धको आइतबारको खेलमा कम्तीमा १० बल अगावै युएईले दिएको १२८ रनको लक्ष्य पूरा गर्नुपर्ने थियो ।

आइतबार हुने खेलमा हङकङले कुवेतलाई पराजित गरेमा नेपाल तेस्रो हुनेछ । यो नतिजा आएमा दोस्रो हुनेमध्ये उत्कृष्ट रहेर ग्लोबल क्वालिफायर पुग्ने नेपालको सम्भावना पनि समाप्त हुनेछ ।नेपालले अहिलेसम्म ग्लोबल क्वालिफायर पुगेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार