नबिन रावल र सरू गौतमको आवाजमा कूटूकूटू मन खाईरहने सार्वजनिक कार्टूनक्रूको जोडदाड प्रस्तुति (भिडियो सहित)

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  237 पटक हेरिएको

काठमाण्डौँ, मंसिर १३ । 

गायक नबिन रावल र गायिका सरु गौतमको स्वरमा नयाँ गीत कुटु कुटु मुटु खाई रहने’ सार्वजनिक गरिएको छ । शुक्रबा। साँझ सार्वजनिक उक्त गीतमा कार्टुन क्रुजका चर्चित डान्सर आश्मा बिश्वकर्मा र सरोज अधिकारीको साथमा अन्य बालकलाकारहरुको मुख्य अभिनय रहेको गायिका सरु गौतमले भिजन अनलाईन न्युजलाई जानकारी गराउनु भयो ।

नबिन रावलको शब्द र संगीत रहेको छ । गीतको भिडियो कोरियोग्राफर भने आश्मा बिश्वकर्मा, पेम्बा मगर र सरोज अधिकारीले गरेका हुन् । यसअघि गायिका सरु गौतमको बिभिन्न चर्चित गितहरु बजारमा आईसकेको छ । आजमात्र कार्टुन क्रुजको अफिसियल युबट्युब च्यानलबाट सार्वजनिक गरिएको कुटु कुटु मुटु खाई रहनेमा सामाजिक परिबेश, माया पिरेम र त्यसको यथार्थलाई उतार्ने प्रयास गरिएको छ ।

पछिल्लो समय युवा पिडिमा देखिएको माया पिरती प्रतिको लगाब र त्यसले पार्ने प्रभाबको बारेमा देखाउन खोजिएको उक्त गितको भिडियो एक दिनमानै साढे २ लाख दर्शकले हेरिसकेका छन ।

उक्त भिडियो हेर्नको लागि तलको भिडियो क्लिक गर्नुहोला । 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार