काठमाडौं, मंसिर ४ ।
पछिल्लो २४ घण्टामा २१०३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ९ हजार ८०५ नमुना परीक्षण गर्दा ८६४ महिला र १२३९ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १२७६ जनाको मृत्यु भएको छ भने १ लाख ८५ हजार ६३८ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र २८५८ जना संक्रमणमुक्त भएका हुन् ।
देशभर २८ हजार १०६ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये २५ हजार ३४७ जना होम आइसोलेसनमा छन् भने ३८० जनाको आईसीयू र ६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
कहाँ कति थपिए संक्रिमित ?
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १२२९ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका ९६५ जना, ललितपुरका १८९ र भक्तपुरका ७५ जना छन् ।
मोरङका १२८ जना, चितवनका ८०, सनसरीका ७९, कास्कीका ७६, रुपन्देहीका ५७, दाङका ३२, मकवानपुरका २३, बाँकेका २१, सप्तरीका २०, धनुषा, पर्सा र काभ्रेका १६र१६ जना, नुवाकोट र गोरखाका १४र१४ जना, बाग्लुङका १३, पाँचथर, नवलपुर, लमजुङ, गुल्मी र नवलपरासीका १२र१२ जना, तनहुँ र कविलवस्तुका ११र११ जना तथा सिराहा, स्याङ्जा र पाल्पाका १०र१० जनामा कोरोना संक्रमण देखिएको छ ।
संखुवासभा, धादिङ, सिन्धुपाल्चोक र बझाङका ९/९ जना, बर्दियाका ६, सर्लाही र कैलालीका ५/५ जना, उदपयपुर, महोत्तरी, मुस्ताङ, अर्घाखाँची, दैलेख र डडेलधुराका ४/४ जना, बारा, रौतहट, सिन्धुली र कञ्चनपुरका ३/३ जना, इलाम, ओखलढुंगा, रसुवा, पर्वत, रुकुम पश्चिम र दार्चुलाका २/२ जना, खोटाङ, भोजपुर, दोलखा, रामेछाप र बैतडीका १/१ जनामा पनि संक्रमण देखिएको छ ।