डा.गोबिन्द के.सीलाई कोरोना संक्रमण पुष्टि, टिचिङ हस्पिटलमा उपचार हुदै

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  888 पटक हेरिएको

 काठमांडौ, कार्तिक २८ ।

चिकित्सा शिक्षा सुधारका अभियन्ता तथा हाडजोर्नी विशेषज्ञ डाक्टर गोविन्द केसीलाई कोरोना संक्रमण पुष्टि भएको छ। बिहीबार सामान्य रुघाखोकी, ज्वरो, खोकीको लक्षण देखिएपछि उनले कोरोना परीक्षण गराएका थिए। पिसिआर परीक्षण गर्दा आज उनको रिपोर्ट पोजेटिभ आएको डा केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिए।

‘उहाँलाई श्वासप्रश्वासमा समेत समस्या भएको छ’, उनले भने।
उनको अहिले महाराजगञ्जस्थित टिचिङ अस्पतालको गणेशमान सिंह भवनमा उपचार भइरहेको सुवेदीले बताए।

डा केसीले चिकित्सा शिक्षा सुधारका लागि विगत लामो समयदेखि आवाज उठाउँदै आइरहेका छन्। डा।के।सि र सरकार बिच बारम्बार दुई पक्षीय छलफल र सहमति भए पनि सरकारले हालसम्म डा।के।सिको मागको सम्बोधन गरेका छैनन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार