कलंकीमा ट्रक ठोक्किदा तीन जनाको मृत्यु एक घाईते, घाईतेको उपचार हुँदै

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  495 पटक हेरिएको

काठमाडौं, कार्तिक २७ ।  

काठमाडौंको कंलकीस्थित मकालु पेट्रोल पम्प अगाडि कुखुरा बोक्ने गाडी रोकिरहेको ट्रकमा ठोक्किँदा ३ जनाको घटनास्थलमा मृत्यु भएको छ । बिहीबार बिहान पेट्रोल पम्प अगाडि पार्किङ गरी राखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा बल्खुबाट सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने गाडी ठोक्किँदा सोही कुखुरा बोक्ने गाडीमा सवार तीन जनाको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख डीएसपी अपिलराज बोहोराले घाइते ४ जना मध्ये ३ जनाको मृत्यु भएको र १ जना घाइते भएको जानकारी दिए । कुखुरा बोक्ने गाडीमा सवार ४ जना नजिकै रहेको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा ३ जनाको मृत्यु भएको डिएसपी बोहोराले जनाएको छ ।

मृत्यु हुनेमा नुवाकोटका वर्ष २४ का रोशन तामाङ, नुवाकोटकै वर्ष ३७ का माधव घिमिरे र नुवाकोटका वर्ष २७ का भुपेन्द्र तामाङ रहेका छन् । यस्तै दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर रहेको डीएसपी बोहराले बताए । दुवै गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार