कास्की २ मा खेमराजलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  691 पटक हेरिएको

काठमाडौं, कात्तिक, २० । नेपाली काङ्ग्रेसले पनि कास्की २ को उम्मेद्धार तय गरेको छ । लामो रस्साकस्सी पछि आज खेमराज पौैडलको नाममा सहमति जुटाउदै उम्मेद्धार तय गरेको हो ।

पार्टीमा धनराज गुरुङ्गको नाममा चर्चा भए पनि गुरुङ्गको नाममा सहमति नजुटेपछि निज पछि हटेको थियो । धनराज गुरुङ्गले कास्की २ को उप-निर्वाचनमा उम्मेद्धार नबन्ने घोषणा गरे सङ्गै पार्टीमा खेमराज पौैडलको नाममा छलफल भएको थियो ।

कांग्रेस पदाधिकारीहरुको बुधबार बसेको बैठकले पौडेलको नाममा सहमति जुटाएको र कांंग्रेस स्रोतका अनुसार पौैडलले उम्मेदवारीले टिकट समेत लिएर गइसकेका जनाएको छ । यस अघि धनराज गुरुङलाई टिकट दिने भनिएको थियो । तर आफ्नो नाममा सहमति नजुटेपछि गुरुङले बुधबार विहान उम्मेदवार नबन्ने घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार