राष्ट्रपतिद्वारा सातै प्रदेशका प्रदेश प्रमुख नियुक्त, आजै सपथ ग्रहण सम्पन्न

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  1534 पटक हेरिएको

काठमाडौं, कात्तिक १९ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटै प्रदेशका प्रदेश प्रमुख पदमा नियुक्त गरेकी छिन् । नेकपाको सचिवालय बैठकबाट हिजो निर्णय गरी नियुक्तिको लागी सरकारलाई सिफारिस गरेको थियो । उक्त सिफारिसलाई नेकपा सरकारले हिजो नै नियुक्तिको लागी राष्ट्रपति समक्ष पेश गरेको थियो । सरकारले प्रदेश प्रमुखहरुको नाम सिफारिश गरेसँगै राष्ट्रपति भण्डारीले आज उनीहरुलाई नियुक्त गरेकी हुन् ।

राष्ट्रपति कार्यालय शितलनिवासबाट जारी गरिएको पत्रमा भनिएको छ, आज मिति २०७६ साल कात्तिक १८ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिषरिषद्को सिफारिसमा देहाय बमोजिमका महानुभावहरुलाई देहाय बमोजिम प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ।”

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार