पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा संक्रमण पुष्टि, ३१५० जना कोरोना संक्रमणमुक्त भई घर फर्किए

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  369 पटक हेरिएको

काठमाडौं, कात्तिक १७ ।  

पछिल्लो २४ घण्टामा थप २ हजार ९३३ जनामा कोरोना भाइरस ९कोभिड(१९० को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार ४४६ नमुना परीक्षण गर्दा ११७६ महिला र १७५७ पुरुषमा संक्रमण पुष्ठि भएको हो । यससँगै देशभर कुल संक्रमितको संख्या १ लाख ७६ हजार ५०० पुगेको छ । उनीहरुमध्ये ९८४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै १ लाख ३७ हजार ९९२ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३१५० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएका हुन् । देशभर ३७ हजार ५२४ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३० हजार ९२४ जना होम आइसोलेसनमा छन् भने ३४७ जनाको आईसीयू र ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कहाँ कति थपिए कोरोना संक्रमित ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १६३० संक्रमित थपिएका छन्, जसमध्ये काठमाण्डौँका १३२९ जना, ललितपुरका १९३ र भक्तपुरका १०८ जना रहेका छन् ।

यस्तै चितवनका १६८ जना, रुपन्देहीका १४६, कास्कीका १२७, सुनसरी र काभ्रेका ८५/८५ जना, दाङा ६४, झापाका ६०, गोरखाका ४६, नवलपुरका ४०, मकवानपुरका ३३, रौतहटका ३२, मोरङ र सोलुखुम्बुका २९/२९ जना, सिन्धुपाल्चोकका २७, कैलालीका २६, धनुषाका २३, नवलपुरका २१, बाँकेका २० र नुवाकोटका १९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्साका १५ जना, धादिङका १४, तनहुँका १३, कञ्चनपुरका १२, बारा, सिराहा, पर्वत र स्याङ्जाका ९र९ जना, दोलखा, रसुवा, सिन्धुली र बर्दिर्याका ८/८ जना, सर्लाही, दैलेख र डडेलधुराका ७/७ जना, महोत्तरी र बाग्लुङका ६/६ जना, दयपुर, लमजुङ, कपिलवस्तु र गुल्मीका ५/५ जना, अर्घाखाँची र सुर्खेतका ४/४ जना, सप्तरी, रामेछाप, पाल्पा र बैतडी ३/३ जना, इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, रोल्पा र अछामका २/२ जना तथा ओखलढुंगा, प्युठान, डोल्पा र सल्यानका १/१ जनामा संक्रमण देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार