नेपालमा ३५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमित संख्या १ लाख ६८ हजार २३५ पुग्यो

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  441 पटक हेरिएको

काठमाडौं, कार्तिक १४ ।

पछिल्लो २४ घण्टामा नेपालमा ३५ सय १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १४ हजार ९०९ जनाको पीसीआर गर्दा ३५ सय १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ६८ हजार २३५ पुगेको छ।

उपत्यकामा १८ सय ८८ जना कोरोना भाइरस ९कोभिड(१९०का संक्रमित थपिएका छन्। ७८१ महिला र ११०७ पुरुष गरी १८ सय ८८ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

मन्त्रालयका अनुसार आज चार हजार ९६ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या एक लाख २८ हजार ९५८ पुगेको जनाएको छ। यो कुल संक्रमितको ७६ दशमलव ७ प्रतिशत हो। २४ घण्टामा १६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार