आयल निगमद्धारा फेरि बढायो पेट्रोल, डिजेल र ग्यासको मूल्य

  भिजन अनलाईन न्युज संबाददाता प्रकाशित:  392 पटक हेरिएको

काठमाडौं, कात्तिक १३ ।  

सरकारले फेरि इन्धनको मूल्य बढाएको छ । शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूलय बढाएको छ । निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको साबिकको विक्रि मूल्यमा रुपैयाँले वृद्धि गरी १३३ रुपैयाँ कायम गरेको छ । डिजेलरमट्टतिेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर ११६ रुपैयाँ पुगेको छ ।

आन्तरिक तथा बाहृय हवाई ईन्धनमा साबिकको बिक्रि मूल्यमा प्रतिलिटर रू। १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु। ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ प्रति किलो लिटर कायम गरिएको छ । एलपी ग्यासमा काठमाडौंको साविक बिक्री मूल्यमा प्रति सिलिण्डर रु। ५० रुपैयाँलेले वृद्धि गरी १ हजार ५०० रुपैयाँ प्रतिसिलिण्डर कायम गर्ने निर्णय निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।

आयल निगमद्धारा जारी प्रेस बिज्ञप्ति:-

   

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार