तिहारमा लक्ष्मीमातालाई खुसी पार्न यी पाँच विधि अपनाउनुस

  भिजन अनलाईन न्युज संवाददाता प्रकाशित:  1437 पटक हेरिएको

काठमाडौं, कार्तिक ८ । नेपालीहरुको माहान चार्डपर्ब मध्ये दोस्रो ठूलो चाड हो तिहार यो तिहारमा लक्ष्मीमाताको पूजा गरिन्छ । तिहारका पाँच दिनलाई यमपञ्चक भनिन्छ । जसमा एक दिन लक्ष्मी पूजा गरिन्छ । धनकी देवी लक्ष्मीलाई घर–घरमा भित्र्याउन बाटोदेखि नै पूजाकोठासम्म दियो बाली झिलिमिली पारि लक्ष्मीलाई भित्र्याइने चलन छ ।

यो वर्ष लक्ष्मी पुजा र कुकुर तिहार एकै दिन परेको छ । हिन्दू धर्मावलम्वीले दीपावलीको रुपमा यस पर्वलाई धूमधामका साथ मनाउने गरिन्छ । यस वर्ष लक्ष्मी पूजा कार्तिक १० गते आइतबार परेको छ । यो दिन लक्ष्मीपूजाको विधि अनुसार पूजा गर्नाले घरको गरिबी हट्ने घरमा सुख शान्ति छाउने भन्ने जनविश्वास रहीआएको छ ।

लक्ष्मीमातालाई खुसी बनाउन लक्ष्मी पूजाको दिन यस्ता चीजहरु चढाउनाले मनोकांक्षा पूरा हुने जनविश्वास रही आयेको छ ।

१. लक्ष्मी पूजाको दिन बिहान सबेरै उठ्नुहोस ।तेसपछि लक्ष्मीमाताको मन्दिर गएर राम्रो केहि वस्त्र र गुलाबको फुल चढाउनुहोस्।

२. लक्ष्मी पूजाको दिन बिहान उखु ल्याउनुहोस् र साझ लक्ष्मीपुजा गर्दा चढाउनुहोस्।

३. लक्ष्मी पूजाको रात लक्ष्मी पुजा गर्दा नौ गोमती चक्र राखनुहोस। पूजा सकिएपछि चक्रलाई आफ्नो दराजमा राख्नुहोस्।

४. पूजाको साँझमा गरिब व्यक्तिलाई आफ्नो घरमा भोजन र सकेको दान दिनुहोस्। विशेष पूजामा यो उपाय गर्नुहोस।

५. येस रात कालो बेसार, पाँच साबुत सुपारी ,पाँच पहेलो कौडी पनि राख्नुहोस्। पूजा पछि सबैलाई लगेर आफ्नो दराजमा राख्नुहोस्।

यसो गर्दा लक्ष्मी प्रसन्न हुनेर घरमा सदै लक्ष्मीले बास गर्ने जनविश्वास रही आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार